२०८२ भाद्र २३, सोमबार ।
नयाँ बानेश्वरमा जेन जेड समूहको आन्दोलन झन् उग्र बनेको छ । प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएपछि अवस्था थप तनावग्रस्त बनेको हो । सरकारले कर्फ्यु घोषणा गरे पनि त्यसको प्रभाव देखिएको छैन । बरु कर्फ्यु लागू हुनु अघि भन्दा अहिले प्रदर्शनकारी झन् आक्रोशित हुँदै सडकमा उत्रिएका थिए । त्यसको केही समय पछि ट्रामा सेन्टरमा अर्का एक जना घाइतेको पनि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । भने काठमाण्डौका विभिन्न ठाँउमा कर्फ्यु लागेको छ ।

काठमाण्डौमा जेन जेडको आन्दोलन उग्र, गोली लागी घाइते भएका २ जनाको मृत्यु , विभिन्न ठाँउमा कर्फ्यु ।
1 Min Read


