नेपाल आइडल सिजन-६ मा गंगा सोनाम बनिन् विजेता ।
२०८२ भाद्र १६, सोमबार ।
२०८२ जेठ २ गतेदेखि सुरु भएको नेपाल आइडल सिजन–६ को हिजो ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता भएकी हुन्। विजेता सोनामले रु. २५ लाख नगद पुरस्कार प्राप्त गरेकी छन् । बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिलन मानन्धर पाँचौँ भयो । विजेतालाई पुरस्कार वितरण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेतालाई शुभेच्छा प्रकट गरे । मुख्य निर्णायकमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद रिजाल थिए ।
ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले अति महत्त्वपूर्ण कार्यक्रममा विजेता हुनुहुने सबैलाई बधाई दिँदै ठूलो कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गरे। एपी वान टेलिभिजनका अध्यक्ष राजेन्द्र शाक्यले छ वटा सिजनसम्म पुग्दा नयाँ नयाँ प्रतिभाहरूको जन्म भएको उल्लेख गरे । समारोहमा पूर्वमन्त्री शेरबहादुर तामाङ, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, एपी वान टेलिभिजनका अध्यक्ष राजेन्द्र शाक्यलगायतको उपस्थिति थियो ।
नेपाल आइडल सिजन-६ मा गंगा सोनाम बनिन् विजेता ।
1 Min Read


