२०८२ भाद्र १५, आइतबार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा सम्पूर्ण छनौट प्रक्रिया पुरा गरी आज वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये खरेललाई उम्मेदवार घोषणा गरेको हो । उपनिर्वाचनका लागि थापासहित ज्ञानु पौडेल, जितबहादुर गुप्ता, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, मधुप्रसाद अर्याल, पुनमकुमारी अग्रवाल, सुलभ खरेल, र रचना क्षेत्री आकांक्षी थिए । आकांक्षीहरूमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौमा प्राइमेरी इलेक्सन गरेको थियो ।
सिद्धार्थनगर–९ अञ्चलपुरका थापा प्राइमरी इलेक्सन, लिडरशिप एकेडेमी र पोलिटिकल प्रोक्जिमिटी प्रक्रियामा अन्य ८ जनालाई पछि पार्दै अगाडि आएका हुन्। उनी नेसनल न्युरो सेन्टर महाराजगञ्ज काठमाडौँका न्युरोलोजी विभाग प्रमुख हुन् भने नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुन्।

