२०८२ भाद्र ०६, शुक्रबार ।
नेपाली सेनाको अधिकृत क्याडेट पद लागि भर्ना खुल्यो ।

आजको गोरखापत्र राष्ट्रिय दैनिकमा एक सूचना प्रकासन गर्दै नेपाली सेनाले अधिकृत क्याडेट पदमा २८० जनाका लागि नयाँ भर्ना खुलाएको छ । खुलातर्फ १४६ जना र सैनिक तालिम
वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ जनाको लागि कोटा छुट्याइएको छ । यसैगरी महिलाका लागि
२४, आदिवासी जनजातिका लागि ३८, दलितका लागि १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाको आरक्षण छुट्याइएको छ । दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ४ गतेसम्म छ । दरखास्त दस्तुर १ हजार रुपैयाँ तोकिएको छ ।
सशस्त्र प्रहरी बलमा विभिन्न पदका लागि भर्ना खुल्यो ।

आजको गोरखा पत्र राष्ट्रिय दैनिकमा एक सूचना प्रकासन गर्दै सशस्त्र प्रहरी बलले विभिन्न पदमा ८ सय ४६ जनाको लागि नयाँ भर्ना खुलाएको छ
। सशस्त्र प्रहरी जवान पदका लागि मात्रै ७८६, भान्छे २६, कूचिकार १०, सूचिकार १३, केशकर्तक १० र चर्मकर्मी १ जनाका लागि भर्ना खुलाएको छ । यी पदहरुमा दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ५ गतेसम्म छ ।
अरु सम्पूर्ण विस्तृत विवरणको लागि मिति २०८२ भदौ ६ गतेको गोरखापत्र दैनिक वा तलको लिंक हेर्न सक्नुहुने छ ।
https://epaper.gorkhapatraonline.com/pdf/3454?file=/uploads/file/2025/8/gorkhapatra/2025-08-22-12-13-55-2082-05-06.pdf

