२०८२ भाद्र ०५, बिहिबार ।
गृह मन्त्रालयले हिजो बुधबार काठमाडौं, ललितपुर सहित विभिन्न जिल्लाका सिडिओहरु हेरफेर गरेको छ । जसमा सहसचिव छविलाल रिजाललाई काठमाडौंको सिडिओ बनाएको हो भने काठमाडौंका सिडिओ ऋषिराम तिवारीलाई गृह मन्त्रालयमा सरूवा गरेको छ। मन्त्रालयले सहसचिव रहने जिल्लाहरू ओखलढुंगा, बारा, सप्तरी, भोजपुर, संखुवासभा, पाल्पा, धनकुटा, दोलखा, भक्तपुरका सिडिओ पनि परिवर्तन गरेको छ। पर्सा, दाङ, सिरहा, ललितपुर र धादिङमा पनि सिडिओ हेरफेर भएका छन्।



