२०८२ भाद्र ०३, मंगलबार ।
📌मिति २०६३ साल चैत्र ७ गते (२००७ मार्च २१) नेपालको रौतहट जिल्लाको गौरस्थित मेला मैदानमा माओवादी र मधेसी जनअधिकार फोरम दुवैले एउटै दिन सभा गर्ने घोषणा गरेका थिए। त्यसै क्रममा दुबै पक्षका कार्यकर्ताबीच विवाद भएपछि झडप सुरु भयो हुदै जादा हिंसात्मक भिडन्तमा गोली, भाला, लाठी, टुँडामुन्डा हतियार प्रयोग गरिएको थियो। यस घटनामा २७ जना मानिस मारिएका थिए, जसमध्ये धेरैजसो माओवादी समर्थक थिए।
📌मुद्दामा विपक्षी बनाइएकाले प्रहरी मुख्यालय, गृह मन्त्रालयलगायतका नाममा समेत सर्वोच्च अदालतले आदेश दिएको छ । यो नरसंहारमा मुछिएका प्रमुख व्यक्ति हुन्– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव । तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष यादवकै भूमिका कारण गौर नरसंहार भएको कतिपय अध्ययनको निष्कर्ष छ ।
📌 मानव अधिकार आयोगले उपेन्द्र यादवको नामै किटेर उनी लगायतमाथि अनुसन्धान गरी मुद्दा दायर गर्नुपर्ने भनेको थियो । आयोगले आफ्नो निष्कर्षमा भनेको थियो, ‘घटनामा जिल्ला प्रहरी कार्यालय रौतहटमा दर्ता भएका जाहेरीमा नाम उल्लेख भएका रसरकारद्वारा गठित गौर नरसंहार जाँचबुझ आयोगको प्रतिवेदन २०६४ ले दोषी भनी उल्लेख गरेका तपसील बमोजिमका व्यक्तिहरू माथि तहकीकात छानबिन गरी दोषी देखिएका व्यक्तिहरू उपर मुद्दा चलाउनुपर्ने देखियो ।’ तपसीलमा रहेको सूचीमा यादवको पनि नाम छ ।
📌गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले उनीहरूको माग बमोजिमको आदेश जारी गरेको हो । गौर नरसंहारमा मारिएका आफन्त तथा घाइतेहरूले जिल्ला प्रहरी कार्यालय, रौटहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग गरेका थिए ।
सर्वोच्च अदालतका साथसाथै मानव अधिकार आयोगको दुई वर्षअघिको प्रतिवेदनका आधारमा पनि यादवमाथि अनुसन्धान अघि बढ्ने देखिन्छ । गौर नरसंहारपछि छानबिनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले जाहेरी परेको एवं घटनामा संलग्न भनी उनीहरूको नाम किटेको थियो । मानव अधिकार आयोगले प्रतिवेदन लगायतका आधारमा उनीहरूमाथि छानबिन गर्नु भनेको थियो ।

