२०८२ साउन २०, मंगलबार ।
बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले पदबाट दिएको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मंगलबार दिउँसो २ बजेसम्मका लागि मुख्यमन्त्री दाबी पेश गर्न आह्वान गरेका छन । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । बागमती प्रदेश सभामा रहेका ११० सदस्य मध्ये बहुमतको लागि ५६ जना आवश्यक पर्दछ । जसमा बानियाँले कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जनाको समर्थनसहित सोमबार नै दाबी पेश गरेका छन। प्रदेश प्रमुख कार्यालयले दिउँसो ४ बजे बानियाँको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम तय गरेको छ ।


