२०८२ साउन १०, शुक्रबार ।
विसंं २०७८ साउन १२ गते देखी २०८० चैत्र ०१ सम्म गण्डकी प्रदेश प्रमुख भएका गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको आज बिहान ८ बजे आफ्नै निवास भरतपुर महानगरपालिका–२६ मा निधन भएको हो ।
नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ थिए । विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी आएका हुन् । ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गरेका थिए ।
गुरुङका छोरा देश बाहिर रहेकोले आइतबार अन्त्येष्टि गरिनेछ । उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उनका कान्छा छोरा र श्रीमती छन् । गुरुङको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुस्ख व्यक्त गरेका छन् । उनले पार्टीले एक अग्रज र अनुभवी नेता गुमाएको बताएका छन् ।

