२०८२ असार ०५ ।
सवारीसाधन खरिदमा भ्रष्टाचार गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालिन कार्यकारी निर्देशक बलराम ठाकुर सहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले परिषदका कार्यकारी निर्देशक बलराम ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जिवीराज शर्मा ढुंगाना, कम्प्यूटर अधिकृत कृष्ण मुरारी सिंह, सवारीचालक विक्की कुमार चौधरी, उपभोक्ता समितिका अध्यक्ष विजय कुमार यादव र कोषाध्यक्ष बविता देव साह, ठेकेदार जितेन्द्र कुमार यादव अनि कार्यकारी निर्देशक बलराम ठाकुरकी श्रीमती इन्दुलेखा कुमारी ठाकुरमाथि भ्रष्टाचारमुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरुमाथि ५१ लाख ७१ हजार रुपैंया नोक्सान गरेको आरोप लगाएपछि आरोपितहरुमाथि मागदावी गरेको विगो रकम फरक फरक छ ।
वृहत्तर जनकपुर विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक विरुद्ध मुद्दा ।
1 Min Read

