२०८२ असार ३ ।
पत्रकार दिलभूषण पाठकले (टफ टक) नामक युट्युब च्यानलमार्फत झन्डै चार साता अघि हिल्टन होटल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई जोडेर भिडिओ रिपोर्ट सार्वजनिक भएपछि सञ्चार माध्यममा बहस शुरु भएको छ । आफूमाथि जारी भएको पक्राउ पुर्जीविरूद्ध दिलभूषण पाठकले आइतबार उच्च अदालत पाटनमा दिएको रिट निवेदनको न्यायाधीश ऋषिराज भण्डारीले सुनुवाइ गर्दै तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। दुबै पक्षलाई अन्तरिम आदेश जारी गर्ने र नगर्ने विषयमा छलफलका लागि असार ५ गते बोलाएको छ।
निवेदकको गम्भीरतालाई विचार गरी निवेदक दिलभूषण पाठकलाई कानुन बमोजिम बाहेक धरपकड नगर्नू, नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) क बमोजिम विपक्षीहरूका नाउमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ।
पत्रकार दिलभूषण पाठकको पक्षमा उच्च अदालतको अन्तरिम आदेश ।
1 Min Read

