२०८२ जेठ २६ ।
अमेरिकामा गैह्र कानुनी रुपमा रहेका नेपालीहरू लाई अमेरिकी चार्टर्ड विमान मार्फत आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। जसमा ३७ जना नेपालीहरू डिपोर्ट भएर आएका छन्। उनीहरूमध्ये ३२ जना पुरूष र ५ जना महिला रहेको पनि प्रवक्ता न्यौपानेले बताए। उनीहरूलाई डिपोर्ट गरिएकोबारे दूतावासमार्फत एक साताअगाडि नै जानकारी आएको थियो। डिपोर्ट गरिएकाहरूलाई विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाउँछ। ब्युरोले उनीहरू कसरी अमेरिका पुगे, दलालबाट ठगिएका पीडितहरू हुन् कि भनेर बुझ्न विमानस्थलमै सामान्य सोधपुछ गरी पठाइने पनि उनले बताए। ठगिएर अमेरिका पुगेका हुन् र त्यस्ता व्यक्तिहरूले दलालविरूद्ध उजुरी दिए भने ब्युरोले अनुसन्धान अगाडि बढाउँछ।
अमेरिकाबाट ३७ जना नेपालीहरु डिपोर्ट भएर नेपाल आइपुगे ।
1 Min Read


