२०८२ जेठ १७, काठमाडौं ।
काठमाडौंमा आज शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी सहित अन्य दलहरुले राजतन्त्र पुनर्स्थापना र हिन्दू राज्यको माग राख्दै आन्दोलन तेस्रो दिनमा प्रवेश गर्यो। पूर्व निर्धारित कार्यक्रम अनुसार, राजावादीहरूले आज दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने तयारी थियो । यद्यपि, आजैबाट लागू हुने गरी सो क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शन शान्तिबाटिकाबाट सुरु गरिएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र हल्लिँदा सबैभन्दा बढी पीर प्रचण्डलाई पर्नु स्वाभाविक रहेको बताएका छन् । राजसंस्था पुनस्थापनासहित शनिबार आयोजित आन्दोलनको क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।.उक्त क्रममा विभिन्न नेता तथा केन्दीय सदस्यहरुले आफ्नो भनाइहरु राखेका थिए ।
तस्बिरहरु ः


