२०८२ जेठ ०८, काठमाडौं।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को पहल र मर्कन्टाइल प्रालिको सहयोगमा अब नेपाली भाषामै डोमेन लिन पाइने भएको छ । क्यान महासंघ र अन्तर्राष्ट्रिय संस्था आईक्यानको सहकार्यमा युनिभर्सल एक्सेप्टेन्स (यूए) डेको अवसरमा आधिकारिक रुपमा नेपाली डोमेन दर्ता भएको छ । यसले अब नेपली भाषामा डोमेन लिने पाउने बाटो खुलेको सूचना प्रविधि विभागका निर्देशक रमेश शर्मा पौडेलले बताउनु भयो । उनले अंग्रेजी भाषामा दक्ष नभएका नेपालीहरूलाई डिजिटल सेवामा जोड्न मद्दत गर्ने बताए । करिब प्रतिशत नेपालीहरू अझै इन्टरनेट पहुँचबाट टाढै छन् । नेपाली भाषामा डोमेन तथा इमेल ठेगाना उपलब्ध गराउनाले उनीहरूलाई डिजिटल सेवामा जोड्न मद्दत गर्ने विश्वास उहाँले राख्नुभयो । उनले नेपाली भाषामै डोमेन लिन पाउनेगरी विभागले आवश्यक कार्यविधि बनाउने तयारी भइरहेको बताए । हामीले नेपाली भाषामा डोमेन लिन आवश्यक निर्देशिका र कार्यविधिको ड्राफ्ट बनाइसकेर थप सुझावहरू संकलन छ।
वेबसाइटको डोमेन नेपाली भाषामै लिन पाइने ।
1 Min Read

