२०८२ बैशाख ३० ।
सडक डिभिजन भक्तपुरको जानकारी अनुसार सोमबार परेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–९ को बोक्सीकुना खण्डमा क्षति पुर्याएको छ। माप्ती खण्डमा सडक डिभिजनले काम गर्न भ्याएको थिएन, त्यहाँ पुरानै डाइभर्सन थियो। खोलाकै सतहमा भएको डाइभर्सन समेत बगाएको छ भने अहिले द्रुत गतिमा काम भइरहेको र मध्याह्नसम्ममा सवारी आवागमनको कामलाई तीव्रता दिइएको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ।
बिपी राजमार्गको बोक्सीकुना खण्डमा सोमबारको बाढीले बाटो बिग्रियपछि रोकिए गाडीहरु ।
1 Min Read

