२०८२ बैशाख २८ ।
गभर्नरको समयाबदी सकिनु भन्दा एक महिना अगाडीनै नियुक्ती हुनुपर्ने अवस्थामा रिक्त भएको एक महिना पछि सम्म पनि नेपाल राष्ट्र बैकले गभर्नर पाउन सकेको छैन । उक्त गभर्नरको विषयले लामो समयसम्म चर्चा पाईरहेको अवस्थाम भने हिजो देखि पुन नयाँ सदस्यको नाम कांग्रेसबाट प्रस्ताव आएको छ । जसमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य विश्व पौडेलको नाम गभर्नरका लागि प्रस्ताव गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारुढ कांग्रेस र एमालेका शीर्ष नेतृत्व सहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गर्नुभएको हो।
दुईदलीय भागबण्डामा गभर्नर कांग्रेसले लिने समझदारी छ दुई दल बीच सहमति भए पौडेलले पहिला सिफारिस समितिबाट राजीनामा दिनुपर्नेछ त्यसपछि सरकारले उहाँको ठाउँमा अर्को सदस्य राख्नुपर्दछ। राजीनामा स्वीकृत गर्न र उहाँको ठाउँमा अर्को सदस्य राख्न मन्त्रिपरिषदको बैठक बस्नुपर्ने हुन्छ त्यसपछि मात्रै पौडेललाई गभर्नरमा सिफारिस गर्ने बाटो खुल्नेछ। बालुवाटार निकट स्रोतका अनुसार यो प्रक्रिया आउँदो सोमबारको मन्त्रिपरिषद बैठकबाट हुने र बिहिबारसम्म नयाँ नियुक्ति हुन सक्ने अनुमान गरिएको छ ।
कांग्रेसद्धारा गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव ।
1 Min Read

