२०८२ बैशाक २२ ।
हिजो काठमाडौँ महानगरपालिका ९ पिंगलास्थान सडकबाट दुइटा मोटरसाइकलमा सवार चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीहरुबाट प्रहरीले ९५ लाख रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका ४३ वर्षीय गणेश राई, लमजुङका ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे,त्यसै गरी तार्केश्वर नगरपालिका ३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल रहेका छन्। उनीहरूको गतिविधि शंकास्पद भएपछि प्रहरीले झोला हेरेको थियो। त्यसभित्र ९५ लाख १७ हजार ५ सय रुपैयाँ फेला परेको हो।
काठमाण्डौको पिंगलास्थानबाट ९५ लाख रुपैयाँसहित चार जना पक्राउ ।
1 Min Read

