१४ वैशाख, काठमाडौं ।
प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति सम्मान गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ । मातातीर्थ काठमाडौं जिल्लाको दक्षिण–पश्चिम भागमा पर्ने एक महत्वपूर्ण तीर्थस्थल हो, जहाँ विशेष गरी आमाको सम्झनामा तिर्थयात्रीहरु आउँछन्। विशेषतः मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) मा यहाँ ठूलो मेला लाग्छ।
जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । ‘शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ, त्यसैले आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा निकै महत्वपूर्ण छ,’ । मातातीर्थ औँसीको अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
आज माता औसी, चन्द्रगिरि नगरपालीकाको मातातीर्थमा मेला ।
1 Min Read

