२९ चैत्र २०८१ ।
दुर्गा प्रसाईंको सचिवालयले भने उनले आत्मसमर्पण गरेको दाबी गरेको छ । दुर्गा प्रसाईं नामक फेसबुक एकाउन्टमा उनको सचिवालयले राखेको पोष्टमा भनिएको छ, ‘ श्री दुर्गा प्रसाईं ज्यूले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।’
तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि फरार प्रसाईं त्यहाँबाट भागेर उनी भारततर्फ लागेको भेटिएको थियो । फरार भएर भारततर्फ लुक्दै आए पनि प्रसाईंले भिडियो सन्देश जारी गर्दै आफू काठमाडौंमै रहेको दाबी गरिरहेका थिए । तर, प्रहरीले उनको पूर्वी सीमा क्षेत्रमा पर्ने पानीट्यांकीस्थित अड्डा फेला पारिसकेको थियो । त्यसबीच फरार भएका प्रसाईंले बिहीबार अपराह्न आसाममा आत्मसमर्पण गरेको उनको सचिवालयले दाबी गरेको छ । प्रहरीले भने उनलाई नियन्त्रणमा लिएर ल्याउँदै गरेको भनेको छ ।

