१९ चैत्र २०८१, काठमाडौं ।
भारतबाट मूल्य घटेर आएसँगै नेपाल आयल निगमले मंगलबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर २ रुपैयाँले घटाएको हो तर पेट्रोलको मुल्य भने यथावत नै रहेको छ। अब काठमाडौंमा प्रतिलिटर डिजेल र मट्टीतेल १४९ रुपैयाँ कायम भएको छ। यसअघि प्रतिलिटर १५१ रुपैयाँ थियो। यसैगरी निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ घटेको छ।


