चैत्र १८, २०८१ ।
तिनकुनेमा १५ चैत्रमा राजावादी समर्थकको आन्दोलनमा अराजक गतिविधिमा संलग्न रहेको आरोपमा राणा र मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत आन्दोलनकै दिन (शुक्रबार) साँझ पक्राउ परेका राणा र मिश्रमाथि अनुसन्धान गर्न प्रहरीलाई आइतबार जिल्ला अदालत काठमाडौंले थप पाँच दिनको म्याद दिएको छ। प्रसाईं भने फरार छन्। गृहमन्त्रालयले राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न जनकमाण्डर दुर्गा प्रसाईसहित राप्रपाका नेताहरूको विदेश यात्रामा प्रतिबन्ध लगाएको छ। गृहमन्त्रालयले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कमाण्डर प्रसाईसहित राप्रपाका नेताहरू धवल शमशेर राणा र रविन्द्र मिश्रलाई विदेश यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
गृहमन्त्रालय उच्च स्रोतका अनुसार प्रसाई,राणा र मिश्रसहित राजावादीको हिंस्रक आन्दोलनमा सहभागी अन्य १० जनालाई समेत विदेशमा यात्रामा प्रतिबन्ध लगाएको हो। राजावादीहरूको हिंसात्मक प्रदर्शनमा परी एक पत्रकारसहित दुईजनाले ज्यान गुमाएका छन्।प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका ४ का सविन महर्जन र राजावादी समर्थकबाट भएको आगजनीमा परी पत्रकार सुरेश रजकको मृत्यु भएको हो। रजक एभिन्युज टेलिभिजनका पत्रकार हुन्।
प्रदर्शनकारीले तीनकुने,बानेश्वर,कोटेश्वर, बालकुमारी क्षेत्रमा निजी भवन तथा सवारी साधनमा तोडफोड तथा आगजनी गरेका थिए। उनीहरूले कोटेश्वरमा रहेको भाटभटेनी सुपर मार्केटमा समेत लुटपाट मच्चाएका थिए। राजावादीहरू उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन तिनकुने क्षेत्रमा कर्फ्यु लगाइएको थियो।
दुर्गा प्रसाई,धवल शमशेर राणा र रविन्द्र मिश्र लगाएत अन्य १० लाई विदेश यात्रा प्रतिबन्ध ।
1 Min Read

