१५ चैत, काठमाडौं ।
राजावादी समूहले गरेको प्रदर्शनले उग्ररूप लिँदा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको पनि मृत्यु भएको छ । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका कारण आजको स्थिती आएको सरकारी संयन्त्रको बुझाइ छ । यसको सम्पूर्ण जिम्मा आयोजकले लिनुपर्ने र आगजनी र तोडफोडमा उत्रिनलेलाई कानूनी कारबाही हुने बताइएको छ । राजावादीको आन्दोलनमा खटिएका १५ सुरक्षाकर्मी घाइते भएका छन् । राजावादीले तीनकुने क्षेत्रमा गरेको प्रदर्शनमा खटिएका १५ सुरक्षाकर्मीेहरू घाइते भएको गृह मन्त्रालयले जनाएको छ । गृहका सहसचिव छवि रिजालका अनुसार अहिलेसम्म १५ सुरक्षाकर्मी घाइते भएको विवरण आएको छ । यो संख्या थप बढ्न सक्ने उनले बताए ।
प्रहरीको बन्दुक खोसेको फोटो खिच्दा अनलाइनखबरकर्मीमाथि राजावादीको आक्रमण ।
जडीबुटीकी महाप्रबन्धक भन्छिन्: अचानक ढुंगामुढा र आगजनी भएपछि ज्यान जोगाएर भाग्यौं ।



