०३ चैत्र २०८१ ।
गत शनिबार राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर जलाउने निराजन बम आज बिहान पक्राउ परेर बेलुकी रिहा भएका छन । चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो । आइतबार साँझ प्रहरीले रिहा गरेका बमलाई रिहाइलगत्तै हेटौँडा २ स्थित राप्रपा कार्यालयमा स्वागत समेत गरिएको छ । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी सीडीओ स्किम श्रेष्ठले आज ४ बजे जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राप्रपा र नेकपा माओवादी केन्द्रलाई राखेर समन्वयात्मक बैठक राखेकी थिइन् ।
प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता निराजन बम रिहा ।
1 Min Read

