काठमाडौं, ७ साउन – आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाको बैठक अपराहन्न १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रम रहेको छ । त्यस्तै आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको बिधायन सम्बन्धि विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको आज सांसदहरुसँग पहिलो प्रश्नोत्तर कार्यक्रम हो ।
यस्तै, आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

