Close Menu
    What's Hot

    भक्तपुर प्रहरीद्धारा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ ।

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १८ श्रावण २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १८ श्रावण २०८३, सोमबार

    अब लाइसेन्सको काम राष्ट्रिय परिचय पत्रमा अपग्रेड गर्ने तयारी

    June 12, 20243 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, ३० जेठ – यातायात व्यवस्था विभागले ट्रायल पास गरेका २० लाखभन्दा बढीलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिन सकेको छैन । अहिले एउटा मास प्रिन्टरबाट दैनिक करिब २५ सयदेखि ३ हजार लाइसेन्स छपाइ भइरहेको छ । यही गतिमा काम गर्ने हो भने नयाँ, नवीकरण वा अपग्रेड गरेको लाइसेन्स आउन वर्षाैं लाग्छ ।

    विभागले २०७२ देखि स्मार्ट लाइसेन्स वितरण गर्न सुरु गरेको थियो । तर विभागले समयमा स्मार्ट लाइसेन्स दिन सकेको छैन । त्यसैले धेरैको हातमा राजस्व तिरेको कागज छ, लाइसेन्स छैन । ट्रायल पास गरेको वर्षाैंसम्म लाइसेन्स प्रिन्ट गरेर दिनसमेत नसक्ने भएपछि विभागले राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्ने प्रयास थालेको छ ।

    यो प्रयोग सफल भएमा चालकहरूले लाइसेन्स बोकिराख्नुपर्ने छैन भने विभागले लाइसेन्स छाप्ने प्रक्रिया नै बन्द गर्ने योजना बनाएको छ । ‘ढिलोचाँडो लाइसेन्सको आवश्यकता नपर्ने नै हो, अहिले नै त्यो निर्णयमा पुगेका छैनौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, ‘साउनबाट कार्यान्वयनमा आएपछि केही समय हेरौं, अनि थप निर्णय हुन्छ ।’

    लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रमा एकीकृत गरेपछि छपाइको समस्या भने समाधान हुने देखिँदैन । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार १ करोड ५० लाख व्यक्तिले राष्ट्रिय परिचय पत्रका लागि निवेदन दर्ता गराएका छन् ।

    अहिले नयाँ राहदानी बनाउन र नवीकरणका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएको छ । सरकारले १ साउनदेखि सामाजिक सुरक्षा भत्ताका लागि पनि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको छ ।

    त्यसैले राष्ट्रिय परिचय पत्रमा आवद्ध हुनेहरूको संख्या निरन्तर बढ्दो छ । तर पञ्जीकरण विभागले पनि समयमा राष्ट्रिय परिचय पत्र दिन सकेको छैन । विभागका अनुसार हालसम्म करिब ४० लाखले मात्रै राष्ट्रिय परिचय पत्र प्राप्त गरेका छन् ।

    विभागको योजनाअनुसार लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रमा एकीकृत भयो र पञ्जीकरण विभागले छपाइ गरेर दियो भने पनि सडकमा ट्राफिक प्रहरीले कसरी चेकजाँच गर्ने भन्ने अलमल कायमै छ ।

    स्मार्ट लाइसेन्स वितरण सुरु गर्दा विभागले ट्राफिक प्रहरीलाई रिडेबल मेसिन दिने बताएको थियो । तर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिलेसम्म स्मार्ट लाइसेन्स रिड गर्ने मेसिन पाएको छैन ।

    कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार सडकमा खटिएका ट्राफिक प्रहरीहरूले स्मार्ट लाइसेन्समा उल्लेख भएको विवरण आँखाले हेरेर चेकजाँच गर्ने गरेका छन् ।

    अब राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्दा कसरी चेकजाँच गर्ने भन्ने अन्योल हुनेछ । किनकि राष्ट्रिय परिचय पत्रमा नाम, परिचयपत्र नम्बर, जारी भएको मिति लगायतका विवरण मात्र उल्लेख हुन्छ । थप विवरणका लागि क्यूआर कोड छ ।

    आगामी आर्थिक वर्ष २०८१/८२ को पहिलो दिन अर्थात १ साउनदेखि लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्ने बताएका यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार पनि ट्राफिक प्रहरीले कुन माध्यमबाट परिचय पत्रको क्यूआर स्क्यान गर्छन् भन्नेमा विभाग अहिलेसम्म निर्णयमा पुगेको छैन । भन्छन्, ‘प्राविधिक काम भइरहेको छ । एप्लिकेसन बनाएर मोबाइलबाट हेर्ने वा ट्राफिकलाई नयाँ डिभाइस दिने निर्णय भइसकेको छैन ।’

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    भक्तपुर प्रहरीद्धारा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ ।

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा चल्दै ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss
    Main News

    भक्तपुर प्रहरीद्धारा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ ।

    २०८३ साउन १८, सोमबार । दुर्गा प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा…

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना