Close Menu
    What's Hot

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    October 26, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८३ कार्तिक ०९, सोमबार ।
    हिजो आइतबार धनकुटा र उदयपुरको सीमावर्ती क्षेत्रस्थित त्रिवेणीनजिकै रहेको कोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने अन्य तीन जना बेपत्ता छन् । कोशी नदीमा चल्ने मोटरबोट राज्यका कुनै पनि निकायमा दर्ता नभएको र सञ्चालन अनुमतिसमेत नलिएको पाइएको छ । सप्तकोशी जस्तो तीव्र बहाब भएको नदीमा ‘जेटबोट’ मात्र उपयुक्त हुन्छ तर व्यवसायीले तालतलैया र शान्त पोखरीमा चलाइने सस्ता ओबिएम बोट जबर्जस्ती सञ्चालन गर्दा यो दुर्घटना भएको हो । ओबिएम बोट लामो दुरी र तीव्र बहाब भएका नदीका लागि नबनेको सप्तकोशी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन प्रालिका सञ्चालक राजेन्द्र कार्कीले बताउनुभयो । उहाँका अनुसार कोशी नदीमा ठाउँ ठाउँमा एकदेखि डेढ फिटको गहिराइमै ढुङ्गा भेटिने गरेका छन् जसले गर्दा बाहिर पङ्खा हुने ओबिएमको पङ्खा ढुङ्गामा ठोक्किएमा इन्जिन बन्द हुने र दुर्घटनाको जोखिम बढी हुन्छ । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना हराइरहेको कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षक शेखर खनालले जानकारी दिनुभयो । उहाँले खोजी कार्य जारीरहेको जानकारी दिनुभयो ।
    न दर्ता, न अनुमति

    कोशीमा जलयातायात सञ्चालनका लागि कुनै औपचारिक निकाय, स्थानीय प्रशासन वा ट्राफिक प्रहरीबाट आवश्यक प्राविधिक जाँच तथा अनुमति नलिइएको पाइएको छ । डिआइजी खनालले कम्पनी रजिस्ट्रारको कार्यालय र भ्याटमा कम्पनी दर्ता गरेकै भरमा ती बोट सञ्चालन भइरहेको जानकारी आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिनादर्ता अनुमति नलिई सञ्चालन गरिएको रहेछ भने सञ्चालकहरूलाई  कारबाही गर्न निर्देशन दिइसकेका छौँ ।” उहाँले अब कानुनी प्रव्रिmया पूरा नगरी कुनै पनि बोट कोशी नदीमा चल्न नदिने बताउनुभयो । नाम खुलाउन नचाहने एक स्थानीय व्यवसायीका अनुसार १२ देखि १५ लाख रुपियाँमा ओबिएम बोट किनेर जोखिमपूर्ण नदीमा सोझै कुदाउने गरिएको छ । “यस्ता बोट कहाँ, कसरी र कस्तो पानीमा चलाउने भन्ने कुनै कानुनी व्यवस्थासमेत गरिएको छैन । प्रशासन र प्रहरीले पनि कुनै कडाइ गरेका छैनन् ।” उहाँका अनुसार केही सञ्चालकले यात्रुको सात लाख रुपियाँ बराबरको दुर्घटना बिमा गर्ने गरेको भए पनि त्यसको नियमन गर्ने निकाय स्पष्ट नहुँदा हचुवाकै भरमा जोखिमपूर्ण यात्रा गराउने गरिएको पाइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    आज विजया दशमीको दिन, टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापाले गरे पदभार ग्रहण ।

    नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझिया, सप्तरीमा सशस्त्र प्रहरी जवान आधारभूत तालिम पूरा गरेका सशस्त्र प्रहरी जवान दीक्षित ।

    ७१ औँ प्रहरी दिवसका अवसरमा बाँके प्रहरी प्रमुख अंगुर जीसीले पाए पूर्णशान्ति पुरस्कार ।

    १० देशकालागी राजदूत सिफरिस, १ देशमा स्थगित २ देशका राजदूत अस्विकृत ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो आइतबार धनकुटा र उदयपुरको सीमावर्ती क्षेत्रस्थित त्रिवेणीनजिकै रहेको कोशी…

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना