१० देशकालागी राजदूत सिफरिस, १ देशमा स्थगित २ देशका राजदूत अस्विकृत ।
२०८३ असोज ३०, शुक्रबार ।
२०८२ फागुन २१ को निर्वाचनबाट बनेको नयाँ सरकारमा आएपछि पहिलाको सरकारले नियुक्त गरेका राजदुतहरु फिर्ता बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयसँगै लामो समयसम्म रिक्त रहन गएका विभिन्न देशका राजदूतहरु खाली रहन गएकोमा नेपाल सरकारले सूचना प्रकाशन गरी राजदूत नियुक्तको लागी आब्हान गरेको थियो । नेपाल सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेका नाममध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको छ। दुई जनाको नाम अस्वीकृत भएको छ भने जापानका लागि प्रस्तावित उम्मेदवारको नाममाथि थप अध्ययन गर्न निर्णय स्थगित गरिएको छ।
सरकारले २०२६ सेप्टेम्बर १८ मा भारत, चीन, अमेरिका, बेलायतलगायत १३ देशका लागि राजदूत सिफारिस गरेको थियो। त्यसपछि संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको थियो।
अनुमोदित राजदूतहरूको सूची
देश :::: :::: :::: :::: :::: राजदूतका लागि अनुमोदित व्यक्ति
भारत :::: डा. निश्चलनाथ पाण्डेय
चीन :::: डा. कल्याणराज शर्मा
अमेरिका :::: चिरनजंग थापा
बेलायत :::: गौरवशमशेर जबरा
जर्मनी :::: सरु जोशी
इजरायल :::: सुरेश कुमार कर्ण
ओमान :::: पद्माक्षी राणा
दक्षिण कोरिया :::: डा. संगम श्रेष्ठ
स्पेन :::: प्राप्ति शेर्चन
श्रीलंका :::: डा. मञ्चला कुमारी झा
थप कागजात तथा स्पष्टीकरण माग्दै स्थगित निर्णय ।
जापान :::: ज्ञानकुमार थापा
अस्वीकृत तथा स्थगित नाम
साउदी अरब :::: गिरीबहादुर सुनार
मलेसिया :::: चुडामणि खरेलको नाम अस्वीकृत।
संसदीय सुनुवाइ समितिका अनुसार अस्वीकृति तथा स्थगनका निर्णय उम्मेदवारको योग्यता र अन्य उठेका प्रश्नहरूको अध्ययनपछि गरिएको हो।
अबको प्रक्रियामा अनुमोदित उम्मेदवारहरूको नाम सम्बन्धित देशमा सहमतिका लागि पठाइन्छ। सम्बन्धित देशबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढ्छ।

