Close Menu
    What's Hot

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार

    नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझिया, सप्तरीमा सशस्त्र प्रहरी जवान आधारभूत तालिम पूरा गरेका सशस्त्र प्रहरी जवान दीक्षित ।

    October 16, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझिया, सप्तरीमा सशस्त्र प्रहरी जवान आधारभूत तालिम पूरा गरेका सशस्त्र प्रहरी जवान दीक्षित ।
    २०८३ असोज ३०, शुक्रबार ।
    सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझिया, सप्तरीमा मिति २०८२ मंसिर १९ गतेबाट संचालन भएको सि.सं. २३९ (ग) सशस्त्र प्रहरी जवान आधारभूत तालिम मिति २०८३ असोज २९ गते पूरा गरेका ११६ जना सशस्त्र प्रहरी जवान दीक्षित भएका छन्। बिहीबार असोज २९ गते आयोजित दीक्षान्त समारोह सशस्त्र प्रहरी बल, नेपाल नं। २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। उक्त दिक्षान्त समारोहमा सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय, बरमझियाका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश कुमार सुवेदीज्यूले दीक्षित जवानहरूलाई शपथ ग्रहण गराउनु भएका थिए।
    सि.सं. २३९ (ग) सशस्त्र प्रहरी जवान आधारभूत तालिमु अन्तर्गत सञ्चालित तालिम पूरा गरेपछि ११६ जना जवान दीक्षित भएका हुन्। तालिममा जवानहरूलाई सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, सीप र अनुशासन सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। तालिमका क्रममा हातहतियार सम्बन्धी ज्ञान, फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, नक्सा अध्ययन, युद्धकला, प्रतिविद्रोह, मानव अधिकार, लैङ्गिक हिंसा तथा अपराध अनुसन्धान र नियन्त्रण लगायतका विषयमा प्रशिक्षण दिइएको थियो। त्यसैगरी, फायरिङ, हातहतियार सञ्चालन, ड्रिल, शारीरिक अभ्यास तथा शारीरिक सहनशीलता अभिवृद्धि सम्बन्धी व्यावहारिक अभ्यास समेत गराइएको थियो।
    सशस्त्र प्रहरी बल अन्तर्गतको दन्तकाली विशेष कार्य तालिम शिक्षालयले सुरक्षा चुनौतीको सामना गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुका साथै विपद् व्यवस्थापन, आगलागी नियन्त्रण, पानीमा उद्धार तथा विशेष कार्य सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ।
    दीक्षान्त समारोहमा सप्तरी जिल्लाका जिल्ला प्रमुख अधिकारी सप्तरी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक, नेपाली सेनाका मेजर, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत तथा विभिन्न प्रहरी अधिकृतहरूको सहभागिता थियो। सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल, कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललनप्रसाद गुप्ता र हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख विरेन्द्रकुमार माझीको समेत उपस्थिति रहेको थियो। त्यसैगरी, पत्रकार, दीक्षित जवानका परिवारका सदस्य तथा अभिभावकहरूको सहभागिताले समारोहलाई थप महत्त्वपूर्ण बनाएको थियो । तालिम पूरा गरी दीक्षित भएका जवानहरूले प्राप्त ज्ञान, सीप र दक्षतालाई कार्यक्षेत्रमा प्रयोग गर्दै नागरिकको सुरक्षा, शान्ति सुरक्षा कायम तथा विपद्‌का समयमा उद्धार र व्यवस्थापनका कार्यमा जिम्मेवार भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    आज विजया दशमीको दिन, टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापाले गरे पदभार ग्रहण ।

    ७१ औँ प्रहरी दिवसका अवसरमा बाँके प्रहरी प्रमुख अंगुर जीसीले पाए पूर्णशान्ति पुरस्कार ।

    १० देशकालागी राजदूत सिफरिस, १ देशमा स्थगित २ देशका राजदूत अस्विकृत ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो आइतबार धनकुटा र उदयपुरको सीमावर्ती क्षेत्रस्थित त्रिवेणीनजिकै रहेको कोशी…

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना