७१ औँ प्रहरी दिवसका अवसरमा बाँके प्रहरी प्रमुख अंगुर जीसीले पाए पूर्णशान्ति पुरस्कार ।
२०८३ असोज ३०, शुक्रबार ।
प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्री सुधन गुरुङले उहाँलाई यो पुरस्कार प्रदान गर्नुभयो। हाल जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुख (प्रहरी प्रमुख) का रूपमा कार्यरत एसपी जिसीलाई अपराध अनुसन्धानमा उत्कृष्ट कार्य र प्रविधिको प्रयोगमार्फत प्रहरी सेवा विस्तार गरेकोमा नगद तथा प्रशंसापत्रसहित पुरस्कृत गरिएको छ ।
७१ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित अमर प्रहरी परिवारप्रति श्रद्धाञ्जली कार्यक्रमपछि एसपी जीसीले उक्त पुरस्कार पाएका हुन् । गृहमन्त्री सुधन गुरुङले सो पुरस्कार वितरण गरेका हुन् । विभिन्न जटिल अपराध अनुसन्धानमा उत्कृष्ट कार्य, प्रविधिको प्रयोग, भन्सार सुरक्षाका क्रममा उदाहरणीय कार्य गरे वापत नगद तथा प्रशंसापत्रसहित पुरस्कृत गरिएको छ ।
एसपी अंगुर जीसी निर्मला पन्त हत्या प्रकरणको प्रारम्भिक अनुसन्धानमा संलग्न प्रहरी अधिकृत हुन्। घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट कञ्चनपुर खटिएका तत्कालीन डीएसपी जीसी नेतृत्वको टोलीले २०७५ भदौ ४ मा दिलीपसिंह विष्टलाई पक्राउ गरेको थियो। विष्टको डीएनए नमुना नमिलेपछि र संलग्नता पुष्टि गर्ने आधार नदेखिएको भन्दै अदालतको आदेशपछि उनी छुटेका थिए। तत्कालीन सरकारले उनलाई केही समय सरकारी सेवाबाट बाहिर राखेको थियो तर सत्य सधै सत्य नै हुन्छ । पछि पुनः फुकुवा भएको थियो त्यसपछि पनि उनि निरन्तर सेवामा खटिदै उत्कृण्ट काम गरिरहनु भएको छ ।
७१ औँ प्रहरी दिवसका अवसरमा बाँके प्रहरी प्रमुख अंगुर जीसीले पाए पूर्णशान्ति पुरस्कार ।
2 Mins Read


