Close Menu
    What's Hot

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २८ भाद्र २०८३, आईतवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २८ भाद्र २०८३, आईतवार

    अनलाइनबाट मार्फत हुदै आएका सूचना तथा टेन्डर अब कागजी प्रक्रिया मार्फत ।

    September 12, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    अनलाइनबाट मार्फत हुदै आएका सूचना तथा टेन्डर अब कागजी प्रक्रिया मार्फत ।
    करिब १० वर्षअघि देखिनै सुरु भएको विद्युतीय बोलपत्र प्रणाली (ई–बिडिङ) कहिलेसम्म कागजी प्रक्रिया मार्फत हुने ?
    २०८३ भाद्र २७, शनिबार ।

     

    पछिल्लो समय सरकारी योजना–परियोजनाका ठेक्का प्रक्रिया विद्युतीय बोलपत्र प्रणाली (ई–बिडिङ

    ) मार्फत हुँदै आएको थियो । यसपालि भने कागजी प्रक्रियाबाट नै टेन्डरमा भाग लिनुपर्ने लिनुपर्ने भएको छ । पछिल्लो समय सरकारले सरकारी कार्यालयहरूबाट हुने सेवाहरू डिजिटल माध्यममार्फत नै गर्नेगरी ‘पेपर लेस’ सेवाहरू उपलब्ध गराउन थालेको थियो । सोही अभियानअन्तर्गत खानेपानीको बिलदेखि बिजुलीको बिल तिर्नेसम्मका कार्यहरू वा नागरिकले सरकारलाई बुझाउनुपर्ने अन्य शीर्षकका कर वा दस्तुरहरूसमेत ई–सेवा वा अन्य बैंकिङ च्यानलमार्फत बुझाउन सकिने व्यवस्था छ ।

    विद्युतीय बोलपत्र प्रणाली (ई–बिडिङ) समेत करिब १० वर्षअघि देखिनै सुरु गर्न थालिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)का अनुसार सन् २०१६ देखिनै विभिन्न सरकारी कार्यालयहरूमार्फत परीक्षणका लागि सुरु गरिएको ई–बिडिङ प्रणाली २०१७ देखि भने सबै सरकारी कार्यालयहरूबाट अनिवार्य गरिएको थियो । त्यसयता कुनै पनि निर्माण कम्पनीहरूले टेन्डरमा भाग लिँदा भौतिक रुपमा उपस्थित वा कम्पनीको फाइल बोकेर सरकारी कार्यालय धाउनुपर्ने झन्झटिलो अवस्थाबाट पार पाएका थिए । नयाँ सरकारले भने पुनः ठेक्का प्रक्रिया पेपरकै अवधारणाअनुसार सार्वजनिक कार्यालयमा भौतिक उपस्थितिमै आफ्नो

    कम्पनीका कागजात टेन्डर आह्वान गर्दा खोजिएको मापदण्ड पूरा गरेर जानुपर्ने अवस्था निर्माण गरेको छ । सार्वजानिक खरिद अनुगमन कार्यालयले भदौ ११ गते सबै सरकारी कार्यालयहरूलाई यसबारे पत्राचार गरेको हो ।

    ई–बिडिङ किन रोकियो भन्ने प्रश्नमा सरकारी जवाफ के छ त?
    सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुुसार ई–बिडिङ प्रणालीमा गएको टेन्डर प्रक्रिया पुनः कागजी प्रक्रियामा नै फर्किनुको कारण ई–बिडिङ प्रणाली ह्याक रहेको उल्लेख गरेको छ । विद्युतीय बोलपत्र प्रणाली (ई–बिडिङ) ह्याक गरेर विभिन्न निर्माण कम्पनीहरूले ठेक्का हत्याएको खुलेपछि कागजको प्रक्रियामा फर्किनुपरेको निर्देशक इन्द्र गौतमको भनाइ छ । ‘‘ई–बिडिङ ह्याक गरेर केही निर्माण कम्पनीहरूले ठेक्का हत्याएको पनि खुल्यो । यसबारे मुद्दा पनि चलिरहेको छ । मूख्य कारण यसको सुरक्षा चुनौतीले नै हामीले ई–बिडिङ प्रक्रिया अहिले स्थगन गरेका हौँ,’’ गौतमले थपे,‘‘ह्याकिङ नहुने गरी ई–बिडिङ प्रक्रियाको अनलाइन प्रणालीको काम पुनः गरिराखेका छौँ । एकजना आईटी निर्देशकको नेतृत्वको टोलीले यो काम गरिरहेको छ ।’’ तर यो विश्वसनीय देखिदैन ।
    यदि त्यसो हो भने सरकारले दिने सम्पूर्ण सेवामाथि प्रश्न उठन सक्दछ बैंकिङ प्रणाली, पासपोर्ट प्रणाली, राष्ट्रिय परिचयपत्र, भोटर कार्ड, नागरीक एप, लगायतका अन्य सेवाहरुमा सेवाग्राहीले के गर्ने ? उनले सरकारको नियतमै प्रश्न उठाए ।
    “सरकारको नियतमाथि हामीलाई शंका छ, एकातिर ह्याक भयो भनिदिने, अर्कोतिर पुरानै अवस्थामा फर्काएर फेरि नयाँ बनाउने नाममा ठूलो रकम खर्च गर्ने सरकारी अधिकारीको योजनाअनुसार यो सबै काम भएको छ,” उनले भने । ई–बिडिङ प्रणाली ह्याक गरेर ठेक्का हत्याएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) त्यस्ता निर्माण कम्पनीविरुद्ध ‘अपरेसन’ चलाएको थियो । गएको चैतमा चलाएको अपरेशनमा दर्जनौं ठूला निर्माण कम्पनीका सञ्चालकहरू नै पक्राउ परेका थिए । 

    एक निर्माण कम्पनीका सञ्चालकले भने,‘‘ यो ६० को दशकतिर धकेलिएको हो । त्यो बेला ठूला टेन्डरहरू गर्न गुन्डाहरू साथमा नलिई गर्र्नै सकिँदैन थियो । कुन टेन्डरमा को–को कम्पनीहरूले भाग लिँदैछन् भन्ने जानकारी उनीहरूलाई हुन्थ्यो । सरकारी कार्यालयहरूमा उनीहरू ढुकेर बस्थे । अब फेरि त्यही अवस्था आउने देखिन्छ ।’’ त्यो बाहेक टेन्डर पाउनसमेत अस्वाभाविक चलखेल हुने सम्भावना ई–बिडिङभन्दा यसमा बढी हुने उनको तर्क छ । ”सरकारले गर्न खोजेको हामीले बुझेका छैनौँ, तर सही दिशामा सरकार छैन भन्नेमा हामी विश्वस्त छौँ,” उनले भने,“अब हामी अघि बढ्ने कि ६० को दशकतिरै फर्किने रु” ह्याक भएको बहानामा सरकारले अर्को प्रणाली बनाउन अर्बौं खर्चको योजना बनाएको उनको आरोप छ ।

    टेण्डर, कोटेशन तथा अन्य प्रकारका सूचनाहरु पनि राष्ट्रिय दैनिक पत्रिकाहरुमा प्रकाशन गर्नु पर्ने भएको छ ।

     

     

     

     

     

     

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    काठमाडौँ महानगर पालिकाले जलन उपचारका लागि अस्पताललाई २ करोड र लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क उपचार प्रदान गर्ने ।

    हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको सम्बोधन ।

    सहिद र घाइतेका परिवारलाई आजसम्म किन सम्बोधन हुन नसकेको भन्दै संसदमा प्रश्न ।

    शिक्षा मन्त्रालयले बाढीबाट शिक्षा क्षेत्रको परेको असरको द्रुत सर्वेक्षण गरी बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति योजना घोषणा ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया…

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    अनलाइनबाट मार्फत हुदै आएका सूचना तथा टेन्डर अब कागजी प्रक्रिया मार्फत ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना