Close Menu
    What's Hot

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २७ भाद्र २०८३, शनिबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २७ भाद्र २०८३, शनिबार

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    September 12, 20264 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।
    २०८३ भाद्र २७, शनिबार ।
    आज बिहान मलेसियाको वायुमास ओभलमा भएको नेपाल र यूएईको एसीसी पुरुष प्रिमियर कपको उपाधिको लागी भएको खेलमा ४४ रनले हराउदै एसिया कपमा फर्किएको छ । त्यस खेल पश्चात नेपालले सन् २०२७ को एसिया कपमा स्थान सुरक्षित गर्‍यो । पहिलो संस्करणमा जस्तै फाइनलमा यूएईलाई नै पराजित गर्दै नेपालले एसोसियट क्रिकेटको सबैभन्दा ठूलो ढोका फेरि खोल्न सफल भएको छ ।
    यूएई अपराजित रूपमा फाइनल पुगेको टोली थियो । नेपाल भने समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित भएपछि दबाबमा परेको थियो । तर कप्तान सन्दीप लामिछानेले भनेजस्तै, त्यो एउटा खेलबाहेक प्रतियोगिताभर नेपालले उत्कृष्ट क्रिकेट खेल्यो । ‘हामीले राम्रो खेल्यौं । हङकङसँग मात्रै नजिक पुगेर चुक्यौं, त्यसबाहेक सबै खेलाडीले शानदार प्रदर्शन गरे’ सन्दीपले उपाधिपछि भने, ‘यो यात्रा सहज पक्कै थिएन, सम्पूर्ण समर्थकहरूको साथले गर्दा ी फेरअर्को उपलब्धि हासिल गर्न सफल भएका छौं ।’
    सन्दीप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भए । उनले ट्रफी सहित आफ्नो अवार्ड नेपालका बाढीपीडितलाई समर्पित गरे । ‘म नेपालको बाढीबाट ज्यान गुमाउने सबैजनालाई सम्झिरहेको छु, भावुक भइरहेको छु । सबैप्रति हार्दिक श्रद्धाञ्जली। यो जित सबै तपाईंहरूलाई समर्पित गर्दै मलेसियामा उपस्थित नेपाली समर्थकप्रति पनि विशेष धन्यवाद व्यक्त गरे।
    फाइनलको कथा स् आसिफको शतक, गुल्शनको अर्धशतक
    टस जितेर नेपालले पहिले ब्याटिङ रोज्यो र त्यसको सुरुआत पनि योजनाअनुसार भयो । ओपनर आसिफ शेख र अर्जुन कुमाल ४३ रनमा रनआउट भएपछि आसिफले जिम्मेवारी सम्हाल्दै शानदार शतक पूरा गरे । ओडीआई करियरको दोस्रो शतक बनाएर आसिफ आउट भएपछि गुल्शन झाले आक्रामक अर्धशतक बनाए । रोहित पौडेलले ४० रन तथा अन्त्यमा बसिर अहमदले ४ बलमा अविजित १४ रनको क्यामिओ इनिङ खेलेएपछि नेपालले ३०० रनको आँकडा पार गर्दै ३१३ रनको बलियो योगफल खडा गरेको थियो ।
    बलिङमा नेपालले सुरुवाती सफलता पाउन केही कुर्नुपरेको थियो । यूएईका ओपनरमध्ये एक तनिश सुरीले लगातार आक्रामक शट खेलिरहेका थिए । नेपालले अर्का ओपनर अदीब उसमानीको विकेट प्राप्त गर्दा यूएईले पाँचौं ओभरमा ४५ रन बनाएको थियो । त्यसपछि आएका अक्षदीप नाथ सन्दीपको शर्ट बलमा फसे भने तनिश करण केसीको बलमा डिप स्क्वायर लेगमा छक्काको प्रयासमा क्याचआउट भएपछि यूएई ५६.३ को अवस्थामा पुगेको थियो । त्यहाँबाट राहुल चोपरा र कप्तान हरप्रित भाटियाले ४७ रनको साझेदारी बनाए ।
    रोहित पौडेलको बलमा हरप्रित कभरमा क्याचआउट हुँदा यूएईको स्कोर १०३.४ भएको थियो । त्यसपछि आयान अफजल खान गुल्शन झाको बलमा ठूलो शटको प्रयासमा लङअनमा क्याच आउट हुँदा यूएई २३औं ओभरमा ११९.५ को स्थितिमा थियो । त्यसपछि भने खेल रोचक बन्दै गयो । शोहेब खानले राहुल चोपरासँग मिलेर राम्रो साझेदारी बनाएपछि यूएई संयमित बनेर लक्ष्यतर्फ अघि बढेको थियो । दुवैले अर्धशतक बनाएर खेलिरहेका थिए र साझेदारी ८३ रनको भइसकेको थियो ।
    ३९औं ओभरमा शोहेब ललितलाई ठूलो शट प्रहार गर्ने क्रममा मिसटाइम हुँदा ५२ रनमा क्याचआउट भए । त्यसपछि आएका खुजाइमा बिन तनभिरले पनि केहीबेर राम्रो शटहरू खेलिरहेका थिए र राहुललाई साथ दिइरहेका थिए । यूएई ४५ ओभरमा २४८.६ को अवस्थामा थियो जब ३० बलमा ५७ रन आवश्यक थियो । खुजाइमा दीपेन्द्रको बलमा बोल्ड भए भने त्यसपछि इबरार अहमद र हैदर अली पनि करण केसीको बलमा क्याचआउट भएपछि नेपालले खेल जित्ने पक्का देखिएको थियो । त्यसबेला राहुल ह्यामस्ट्रिङको समस्या झेलिरहेका थिए । एक समय उनले सन्दीपलाई शानदार छक्का प्रहार गरेपछि पिचमै लडेका थिए । उनलाई अर्कोतर्फबाट पर्याप्त साथ भने पुगेन । उनी १०० रन बनाएर अविजित रहेपनि नेपालले खेल जित्यो । अब सन् २०२७ को जुनमा बंगलादेशमा हुने एसिया कपमा नेपाल फेरि एकपटक सहभागी हुने छ । प्रतियोगिताको अन्य विवरण भने टुङ्गो लाग्न बाँकी छ ।
    नेपालले सन् २०२३ को ओडीआई एसिया कपमा भारत र पाकिस्तानसँग समूह चरणमै प्रतिस्पर्धा गरेको थियो । दुवै खेलमा पराजय भोगेको भएपनि नेपाली क्रिकेटको स्तरबारे त्यसबेला एसिया मात्र नभएर विश्वका धेरै दर्शकले देखेका थिए । ‘यो यात्रा सहज पक्कै थिएन, सम्पूर्ण समर्थकहरूको साथले गर्दा फेरि अर्को उपलब्धि हासिल गर्न सफल भएका छौं ।’

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    एसियन गेम्स छनोटमा चीनमाथि नेपालले २२१ रनको जित ।

    नेपाली क्रिकेट खेलाडीहरुको सन २०२६ का लागि नयाँ वर्गिकरण र नयाँ पारिश्रमिक सार्वजनिक

    आईसीसी क्रिकेट विश्वकप लिग २ अन्र्तरगत आज भएको खेलमा नेपालले स्कटल्यान्डलाई हराउँदै पाँचौ स्थानमा ।

    आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल सुरू, स्कटल्याण्डविरुद्ध बलिङमा नेपाल ।

    टी–२० विश्वकपः नेदरल्यान्ड्सले पाकिस्तानलाई दियो १४५ रनको लक्ष्य ।

    नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मुख्य मुख्य हाइलाइटहरु

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया…

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    अनलाइनबाट मार्फत हुदै आएका सूचना तथा टेन्डर अब कागजी प्रक्रिया मार्फत ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना