
२०८३ साउन ११, सोमबार ।
हिजो दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका अति संवेदनशील क्षेत्रहरू पहिचान गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले राती एक सूचना जारी गरी साउन ११ गते बिहान ७ बजे(आज बिहान)देखि अर्को सूचना जारी नभएसम्मका लागि पाँच वटा मुख्य बजार क्षेत्रलाई केन्द्रित गरी कर्फ्यु लगाएको हो। जिल्ला प्रशासन कार्यालयले सुनसरीको हरिनगर बजार क्षेत्रमा कर्फ्यु लगाएको छ । हरिनगर बजारको पूर्वमा नुनियतोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोड सम्मको क्षेत्रलाई कर्फ्यु लगाएको छ । स्थिती थप तनावग्रस्त नहोस र नियन्त्रणमा लिन सकियोस भन्ने उद्धेश्यकासाथ कर्फ्यु आदेश जारी गरीएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

