राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै दलहरू एकताबद्ध रहेको सर्वदलीय बैठकको सन्देश ।
२०८३ साउन १३, बुधबार ।
सोमबार र मंगलबार सुनसरी तथा अन्य जिल्लामा विकसित घटनालाई लिएर राजनीतिक दलहरूले शान्ति र सद्भावको लागि सामूहिक अपिल जारी गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले डाकेको बैठकपछि ९ वटा दलका प्रमुख तथा प्रतिनिधिले ७ बुँदे अपिल निकालेका हुन् । संयुक्त अपिलमा राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै दलहरू एकताबद्ध रहेको सन्देशसहित उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न तयार रहेको संकल्प गरिएको छ ।
प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न पार्टीका तल्ला कमिटीहरूलाई निर्देशन दिइएको छ । स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुन पनि आग्रह गरिएको छ ।
हेर्नुहोस संयुक्त ७ बुदे अपिल


