गोपालमान श्रेष्ठलाई साउन १२, १३ गते बस्ने केन्द्रीय समिति बैठकले निर्णय गरेर वरिष्ठ नेता बनाउने ।
२०८३ श्रावण ०८, शुक्रबार ।
४४ औं बिपी स्मृति तथा जरा अभियान समापन र नयाँ अभियान घोषणाका लागि राष्ट्रिय सभागृहमा आज भएको कार्यक्रममा बोल्दै सभापति थापाले केन्द्रीय समितिले अनुमोदन गर्ने गरी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन। ‘गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था नाजुक छ, केही समयअघि हामीले पार्टीभित्र छलफल गरेका थियौं, मैले गोपालमान दाइलाई अस्पतालमै गएर पनि भनेर आएको थिएँ, केन्द्रीय समिति बैठक तत्काल बस्छ र यो निर्णय हुन्छ भनेर, तर यो बीचमा बैठक बस्न सकिरहेको छैन, साउन १२, १३ गते केन्द्रीय समिति बैठक बस्छ, त्यो बैठकले अनुमोदन गर्छ भन्ने मलाई विश्वास छ। पार्टीमा लामो समय योगदान पुर्याउनुभएको, संगठन निर्माण र कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरिसक्नुभएको उहाँलाई वरिष्ठ नेता बनाउने अवगत गराउन चाहन्छु,’ सभापति थापाले भने।
गोपालमान श्रेष्ठलाई साउन १२, १३ गते बस्ने केन्द्रीय समिति बैठकले निर्णय गरेर वरिष्ठ नेता बनाउने ।
1 Min Read


