Close Menu
    What's Hot

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १८ श्रावण २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १८ श्रावण २०८३, सोमबार

    पशुपतिको शवदाह मेसिन खरिदको भ्रष्टाचार मुद्दामा मेसिनको प्राविधिक जाँच र विभिन्न कागजात झिकाउन आदेश

    December 18, 20253 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पशुपतिको शवदाह मेसिन खरिदको भ्रष्टाचार मुद्दामा मेसिनको प्राविधिक जाँच र विभिन्न कागजात झिकाउन आदेश
    २०८२ पौष ०३, बिहिबार ।
    २०८२ साल असार ८ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदालतमा पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव मिलनकुमार थापासहित १४ जना र दुई वटा कम्पनी विरूद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको थियो। त्यसकै सुनुवाइमा बुधबार अदालतका अध्यक्ष रहेका न्यायाधीश सुदर्शनदेव भट्ट र सदस्य रहेका न्यायाधीश हेमन्त रावलको इजलासले पाँच वटा बुँदामा मुद्दाका विभिन्न फाइलहरू झिकाउनुका साथै शवदाह मेसिन खरिद गरिसकेका मेसिनको प्राविधिक जाँच र विभिन्न कागजात झिकाउन आदेश गरेको छ।
    १. खरिद प्रक्रियाका प्रारम्भिक कागजातहरू झिकाउन भनेको छ। खरिद प्रक्रियाका लागि कोषबाट २०८० असार ५ गते गोरखापत्रमा सूचना प्रकाशन भएको थियो। सूचना म्यादको अवधिभित्रै बोलपत्रका सर्तहरू संशोधन गर्ने गरी कोषका कार्यकारी निर्देशकद्वारा २०८० असार ३१ गतेको निर्णयको प्रमाणित प्रति कोषबाट झिकाउन अदालतले आदेश गरेको हो।
    २.बोलपत्र आह्वान भइसकेपछि गोरखापत्रमा प्रकाशित सूचना स्थगन गर्ने र फेरि स्थगन नगरी निरन्तरता दिने भनेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निर्णय । २०८० भदौ ५ गते मन्त्रालयका राज्यमन्त्रीस्तरबाट स्थगन गर्ने निर्णय भएको थियो। तर फेरि केही दिनपछि भदौ १३ गते स्थगन नगरी निरन्तरता दिनू भनेर मन्त्रीस्तरीय निर्णय भएको थियो। ती निर्णयको प्रमाणित प्रति पनि मन्त्रालयबाट झिकाउन विशेष अदालतले आदेश गरेको छ।
    ३. बोलपत्रदातामध्ये शवदाह मेसिनका लागि म्याप आन्ट्रप्रनर्स प्रालिले ठेक्का पाएको थियो। उक्त कम्पनीका प्रतिनिधि र कोषका प्रतिनिधिबीच असोज २३ गते चार वटा मेसिन आपूर्ति गर्ने सम्झौता भएको थियो।
    त्यसमध्ये दुई वटा मेसिन आपूर्ति भएर जडान भइसकेको छ। बाँकी दुई वटा मेसिन हालसम्म जडान भएको छैन। आपूर्ति हुन बाँकी दुई वटा मेसिन आपूर्ति गर्नुपर्ने भन्दै जडान गर्ने अवस्था के, कुन तहमा पुगेको भनेर पनि अदालतले प्रश्न सोधेको छ।
    त्यस्तै सम्झौता बमोजिमको १० करोड ३३ लाख ९१ हजार ३० रूपैयाँमध्ये अहिलेसम्म आपूर्तिकर्तालाई कोषबाट के कति रकम भुक्तानी भएको, भुक्तानी भएको सबै रकमको मिति र रकमको विवरणसहितको पत्र कोषबाट झिकाउन अदालतले आदेश गरेको छ।
    ४.जडान भइसकेका दुई वटा शवदाह मेसिनको अवस्था प्राविधिक जाँच गर्न पनि आदेश भएको छ। अदालतले पहिले यस खरिदमा संलग्न नरहेका नेपाल इन्जिनियरिङ परिषदका तीन जना स्वतन्त्र विज्ञहरू राखेर निरीक्षण अनुगमन गरी प्रतिवेदन पेस गर्न लगाउन भनेको छ। चालू अवस्थामा रहेरनरहेको, मर्मत गर्नुपर्नेरनपर्ने, जडान गर्दाको अवस्था र अहिलेको अवस्थामा केही फरक रहेरनरहेको भन्ने विषयमा जाँच गर्न पनि भनेको छ।
    ५. यो मुद्दा पुरानो भइसकेको बताउँदै चाँडो किनारा लगाउन पेस गर्न भनेको छ। अख्तियारले तत्कालीन सदस्य–सचिव थापा, कोषका तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, तत्कालीन निमित्त उपनिर्देशक सिताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती र रमेश पुरीविरूद्ध मुद्दा दायर गरेको थियो। त्यस्तै लेखा अधिकृत चन्द्रप्रसाद खनाल, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस इलेक्ट्रिकल विभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी, कोषका कानुनी सल्लाहकार लैनबहादुर थापा, म्याप आन्‍ट्रप्रनर्स प्रालि, सञ्चालकहरू मनोज पुरी र यदुनन्दन भट्टराई विरूद्ध पनि मुद्दा दायर भएको थियो। त्यसैगरी एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी प्रालि र त्यसका प्रबन्ध निर्देशक सुरज चापागाईं विरूद्ध पनि मुद्दा दायर भएको हो। अख्तियारले उनीहरूसँग १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ हानिनोक्सानी भएको भन्दै बिगो कायम गरेको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा चल्दै ।

    मन्त्रिपरिषद्ले गरेका निर्णयहरू: नौ विधेयक संसदमा लैजाने 

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss
    Main News

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । २०८३ साउन १६, शनिबार…

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना