Close Menu
    What's Hot

    भक्तपुर प्रहरीद्धारा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ ।

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १८ श्रावण २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १८ श्रावण २०८३, सोमबार

    कलंकी होटल एण्ड गेष्ट हाउस एशोसियसनको १२औं साधारण सभा सम्पन्न

    August 17, 20244 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, १ भदौ – कलंकी होटल एण्ड गेष्ट हाउस एशोसियसनको १२औं साधारण सभा तथा ८औं अधिवेशनद्वारा रमेश कुमार बरालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएकाे छ । साधारण सभामा तथा ८औं अधिवेशन कलंकी होटल प्लाजोमा सम्पन्न भएको छ ।

    कलंकी होटल एशोसियसनका अध्यक्ष रुद्र बहादुर न्यौपानेको सभापतित्व, कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री माननीय विमल ठकुरी, होटल ब्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके, होटल तथा पर्यटन ब्यवसायी संघ नेपाल बागमती प्रदेशका अध्यक्ष श्री दामोदर नेपाल, होटल व्यवसायी महासंघ नेपालका संरक्षक अमृत भुजेल, बरिष्ठ उपाध्यक्ष श्री शेर बहादुर थापा, वडा नं. १३ का का.बा. अध्यक्ष रामबाबु कोइराला, जिल्ला होटल व्यवसायी संघ काठमाण्डौंका अध्यक्ष शैलेस कार्की, प्रहरी बृत कालिमाटिका प्रहरी नायब उपरीक्षक रुपक खड्का, केन्द्र, प्रदेश, जिल्ला संघका प्रतिनिधि, इकाई अध्यक्षहरु, सल्लाहकार, समाजसेवी लगायत सम्पूर्ण कलंकी होटल व्यवसायीहरुको उपस्थिति थियो ।

    कार्यक्रमको संचालन संस्थाका महासचिव कुमार श्रेष्ठले गर्नुभएको थियो । उक्त कार्यक्रमका सभापति रुद्रबहादुर न्यौपानेले आफू निर्वाचित भएलगत्तै विभिन्न आरोह अवरोह पार गर्दै संस्थाको हक हितमा काम गर्दा कलंकी एशोसियसनका व्यवसायी मित्रहरु, इकाई, जिल्ला तथा प्रदेश कमिटीहरु, स्थानीय निकाय, प्रहरी प्रशासन, मिडिया मित्रहरुको अगाथ माया र सहयोगले संस्थामा धेरै सुधारका कार्य गरेको र आफू विगतका नेतृत्वजस्तो पटक पटक पदमा टाँस्सिएर नबसी नयाँ जुझारु र सक्षम नेतृत्व हाम्रा सामु भएकोले बरिष्ठ उपाध्यक्ष रमेश कुमार बराललाई आफैले अध्यक्षको लागि प्रस्ताव गरेको कुरा बताउनुभयो । उहाँले त्यसो भन्दा तालिको गड्गडाहले सभाहल गुञ्जिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका संस्कृति पर्यटन तथा शहकारी मन्त्री माननीय बिमल ठकुरीले पर्यटन व्यसायीको हक हितमा आफू सदैव हातेमालो गरी अगाडी बढ्ने र नेपाल पर्यटन ऐन संशोधनको लागि पहल गर्नेकुरा बताउनुभयो । उहाँले होटल तथा पर्यटन क्षेत्र एउटा महत्वपूर्ण क्षेत्र भएकोले होटल तथा पर्यटन व्यवसायका समस्या र समाधानका उपाय तत्कालै खोजिने आश्वासन पनि दिनुभयो ।

    होटल ब्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेले होटल व्यवसायीको हक हितको लागि हामी सदैव लडिरहेको र विभिन्न निकायहरुमा ज्ञापन पत्र बुझाउने देखि व्यवसायीको शान्ति सुरक्षाको निम्ती समन्धित निकायसँग भेटबार्ता सम्बाद गरिरहेको कुरा बताउनुभयो ।

    होटल तथा पर्यटन ब्यवसायी संघ नेपाल बागमती प्रदेशका अध्यक्ष दामोदर नेपालले साना होटल तथा व्यवसायीहरु सरकारले घरबाल कर लिएको सो घरबाल कर घरधनीले तिर्नुपर्ने वा संझौता गर्दा नै घरभेटीले तिनुपर्ने र होटल एरिया २४ घण्टा खुल्नुपर्ने कुरामा जोड दिनुभयो ।

    जिल्ला होटल व्यवसायी संघ काठमाण्डौंका अध्यक्ष शैलेस कार्कीले आगामी नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै नवनिर्वाचित नेतृत्व निकै सक्षम रहेको र नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । प्रहरी बृत कालिमाटिका प्रहरी नायब उपरीक्षक रुपक खड्काले सुरक्षाको निम्ति आफू २४से घण्टा व्यवसायीको शान्ति व्यवस्थाको लागि काम गर्ने र नव निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

    संस्थाको कार्यविवरण प्रतिवेदन संस्थाका महासचिव कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष राजु घिमिरेले प्रस्तुत गर्नुभएको थियो ।

    कलंकी होटल एण्ड गेष्टहाउस एशोसियसनका सदस्यहरुका छोराछोरीहरु उच्चशिक्षा तथा एस.एस.ई तथा प्लस टु उत्तीर्ण गर्ने १७ विद्यार्थीहरुलाई प्रमुख अतिथिबाट कदर पत्रले सम्मान गरेको छ । साथै सल्लाहकार तथा समाजसेवीहरुलाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो ।

    कलंकी होटल एण्ड गेष्ट हाउस एशोसियसनको नव निर्वाचित कार्यसमिति अध्यक्षमा रमेश कुमार बराल लगायत सम्पूर्ण कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । रमेश कुमार बराल यसअधि महासंघदेखि, विभिन्न संघ संस्था र यसै संस्थाको बरिष्ठ उपाध्यक्ष पदमा रहेर कार्य गरेको लामो अनुभव छ । व्यवसायीको हक हितमा चट्टानी अडान राख्ने बराल स्थानीय प्रसासन, विभिन्न निकाय, जिल्ला देखि केन्द्रसम्म पहुँच राख्ने एक काविल व्यक्ति हुनुहुन्छ । बरिष्ठ उपाध्यक्षमा देवीवहादुर राई हुनुहुन्छ ।

    प्रथम उपाध्यक्षमा यसअधि महासचिव पद र जिल्ला होटल व्यवसायी संघमा सचिव पदको जिम्मेबारीमा रहनुभएका कुमार श्रेष्ठ एक सक्षम युवा व्यवासायी हुनुहुन्छ । महासचिव पदमा राजु घिमिरे यसअघि कोषाध्यक्ष पदमा रहेर कुशलतापूर्वक कार्य गर्नुभएको कार्यानुभव छ । उहाँ सामाजिक तथा व्यवसायीबीच सबैको प्रीय हुनुहुन्छ ।

    यसैगरी कोषाध्यक्षमा तुल बहादुर श्रेष्गठ, उपाध्यक्षमा श्याम चौलागाई, टोप बहादुर खत्री (केशव), उपमहासचिव सुशिल बास्ताकोटी, सचिवमा रेशम पुलामी, सह कोषाध्यक्षमा पुष्कर खड्का, सचिवालय सदस्य, माधव गौतम, नविन अधिकारी, सदस्यमा सिप्पन बहादुर तामाङ्ग, राजु चौरेल, रोजिना खत्री, रमेश कार्की, शेरसिंह थापा क्षेत्री, विनोद थापा, तारा पराजुली, होम बहादुर कार्की, सुदर्शन लामिछाने, नहकुल भट्टराई, अप्सरा बुढाथोकी रहनुभएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    भक्तपुर प्रहरीद्धारा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ ।

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा चल्दै ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss
    Main News

    भक्तपुर प्रहरीद्धारा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ ।

    २०८३ साउन १८, सोमबार । दुर्गा प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा…

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना