Close Menu
    What's Hot

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार

    माओवादीमा केन्द्रीय समिति भंग गर्न माग, उपमहासचिव शर्माको चर्को असन्तुष्टि

    August 11, 20244 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, २७ श्रावण  — माओवादीको स्थायी समिति बैठकमा केन्द्रीय समिति भंग गरी विशेष महाधिवेशनमा जानुपर्ने माग उठेको छ । केही नेताले पार्टीमा नेतृत्व हस्तान्तरण गर्नपर्ने सवाल पनि उठाएका छन् । अध्यक्ष पुष्पकमल दाहालले भने सरकारबाट बाहिरिनेबित्तिकै जिम्मेवारी छाड्दा गलत सन्देश जाने दाबी गरेका छन् ।

    बैठकमा अध्यक्ष दाहालले पदाधिकारी र स्थायी समिति सदस्यलाई नेतृत्वलगायतका विषयमा खुलेर धारणा राख्न भनेका थिए । त्यसपछि मौखिक र लिखित धारणा राख्दै नेताहरूले दाहालको चर्को आलोचना गरेका थिए । एक नेताका अनुसार उपमहासचिव जनार्दन शर्माले अध्यक्ष दाहालले एकलौटी रूपमा पार्टी चलाएको, पार्टीभित्र नेताहरूबीच द्वन्द्व बढाएको लिखित आरोप लगाएका थिए । उनले केन्द्रीय समिति भंग गरी विशेष महाधिवेशन तोक्नुपर्ने बताएका थिए ।

    दाहालको संयोजकत्वमा आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेगरी मिति तोक्नुपर्ने शर्माको प्रस्ताव थियो । उनले नेतृत्व हस्तान्तरणको विषय पनि उठाएका थिए । अध्यक्ष दाहालले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्नुपर्ने शर्माको प्रस्ताव थियो । ‘हालका पदाधिकारीहरूले सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्यांकन, स्कुलिङ, प्रशिक्षण गर्नुपर्छ । तेस्रो तहका युवालाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्नुपर्छ,’ उनले भनेका थिए ।

    वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने अध्यक्ष दाहालको विकल्प खोज्नुपर्ने बेला नभएको बताएका थिए । उनकै नेतृत्वमा पार्टी बलियो बनाउनुपर्ने उनको धारणा थियो । श्रेष्ठले पार्टी निर्माणको दिशामा नीति केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउनुपर्ने बताए । अध्यक्ष दाहाल आफैंले पनि तत्काल नेतृत्व हस्तान्तरण नगर्ने अभिव्यक्ति दिएका छन् । ‘पार्टीको नेतृत्व हस्तान्तरण गर्ने कुरा मेरो मनमा आइरहेको छ । तर सरकारबाट बाहिरिनेबित्तिकै छाड्नु ठीक हुँदैन भन्ने लागेको छ,’ उनको भनाइ थियो, ‘पार्टी बलियो बनाएर नेतृत्व हस्तान्तरण गर्छु ।’

    अर्का उपमहासचिव वर्षमान पुनले पार्टीका सबै काम पारदर्शी हुनुपर्ने बताए । उनले पार्टी खुला राजनीतिमा आइसकेपछि नेताहरूको व्यवहार पनि पारदर्शी हुनुपर्ने धारणा राखे । नेताहरू स्पष्ट भए सबै अन्तरविरोध समाधान हुने उनको भनाइ थियो । ‘पार्टीमा अविश्वास छ भनेर खुले राखौं,’ उनले भनेका थिए, ‘नेताहरूले आफ्नो आयव्यय खुला रूपमा देखाउनुपर्छ । कसैको घर छ, अरु क्षेत्रमा लगानी छ भने भनौं । गाडी हुनेले मेरै हो भनेर चढौं । लुकाउनुपर्ने आवश्यकता छैन ।’ उनले जनतालाई समृद्धि बनाउने मुद्दा लिएका नेताहरूले व्यक्तिगत आर्थिक गतिविधि लुकाउन जरुरी नभएको बताए । ‘पार्टीभित्र अर्थराजनीति विकास गरेर जाऔं । खुलस्त नीति बनाएर पारदर्शी ढंगले जाऔं,’ पुनले भनेका थिए ।

    सचिव राम कार्कीले सरकारबाट समाजवादको आधार कति तयार भयो भन्ने प्रश्न गरे । ‘सरकारमार्फत समाजवाद ल्याउने कुराको समीक्षा हुनुपर्छ । पार्टीको हालत के भयो ?’ उनको भनाइ थियो, ‘यसको निर्मम समीक्षा हुनुपर्छ । कम्युनिस्ट आन्दोलन पंक्ति कति तयार गर्‍यौं ?’ उनले कम्युनिस्ट पार्टीमा यही नै नेतृत्वमा हुुनुपर्ने भनेर ‘अपरिहार्य’ विधि नभएको टिप्पणी गरे । अर्का सचिव गणेश साहले सरकारमा गएर कृषि, उद्योगबाट उत्पादन नबढाए समाजवाद आउन नसक्ने धारणा राखे । उनले जलवायु परिवर्तनको असरलाई राजनीतिक मुद्दा बनाएर जानुपर्ने धारणा राखे । अर्का सचिव देवेन्द्र पौडेलले विगतको गठबन्धनबाट शिक्षा लिएर जनतासमक्ष कार्यक्रम लिएर जानुपर्ने बताए ।

    बैठकमा बोल्ने नेताहरूले पार्टी निर्माणलाई प्राथमिकताका साथ उठाए । योजना बनाएर अभियानात्मक रूपमा तल्लो तहसम्म जानुपर्नेमा उनीहरूको जोड थियो । स्थायी समिति सदस्य गणेशमान पुनले स्थानीय मुद्दा लिएर जनतासमक्ष जानुपर्ने र खासगरी स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने धारणा राखे । नेताहरूले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग दसैंअघि नै एकता गर्न सुझाव दिएका थिए ।

    उपमहासचिव शर्माको चर्को असन्तुष्टि

    बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम र चुनावचिह्न फेर्नुपर्ने लिखित प्रस्ताव राखेका छन् । वर्तमान परिवेश र कामअनुरूप तालमेल हुने गरी पार्टीको नाम र आम जनताले सहज रूपमा स्वीकार गर्ने गरी चुनावचिह्न फेर्नुपर्ने उनको धारणा छ । उनले शान्तिसम्झौतासँगै बदलिएको परिस्थितिअनुरूप पार्टीलाई संगठनात्मक संरचना र विधि पद्धतिअनुसार नचलाइएको टिप्पणी पनि गरे ।

    ‘सचिवभन्दा उपमहासचिव, उपमहासचिवभन्दा महासचिव, महासचिवभन्दा उपाध्यक्ष, उपाध्यक्षभन्दा वरिष्ठ उपाध्यक्ष, वरिष्ठ उपाध्यक्षभन्दा अध्यक्षमाथि हुने र एकअर्कोलाई उचो–निचो देखाउने वेस्टमिनिस्टर प्रणाली पार्टीमा लागू गरियो,’ उनको भनाइ थियो ।

    शर्माले पार्टीभित्र अन्तरसंघर्ष सञ्चालन र व्यवस्थापन गर्ने कार्यप्रति अरुचि बढ्दै गएको, फरक मतको सम्मान गर्ने संस्कार मासिँदै गएको र कम्युनिस्ट मूल्यमान्यताअनुसार सामूहिक छलफल, बहसको परिपाटी कमजोर हुन पुगेको आफ्नो निष्कर्ष सुनाएका छन् । ‘पार्टीलाई आम जनताबाट अलगथलग मात्र पारिएन, माथिदेखि तलसम्म परिवारवाद हाबी गराइयो,’ उनले भने ।

    शर्माले माओवादी फुटाउन लागेको आरोप आफूमाथि लगाइएको समेत बताए । ‘पार्टीभित्र मुद्दा विशेषका कमीकमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दै छ भन्ने हल्ला चलाइयो,’ उनले बैठकमा भने, ‘विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔं र चलाऔंभन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सृजना गरियो ।

    अझ थप दुरुत्साहन गर्न राज्यशक्तिको समेत दुरुपयोग भएको आभास भयो ।’ सरकारमा रहँदा बालुवाटारबाटै कहिले आफू त कहिले अर्का उपमहासचिव पुनविरुद्ध दुश्प्रचार गरिएको, प्रतिशोध साँध्न पार्टीभित्र राज्यशक्ति प्रयोग गर्न खोजेको, पार्टीभित्र विभिन्न तहका नेताहरूलाई फुटाउन खोजेको समेत शर्माले बताए ।

    उपमहासचिव शर्माले मूल नेतृत्वले आठौं महाधिवेशनको समापनपूर्व नै विशेष महाधिवेशनको घोषणा गरेर आठौं महाधिवेशनको महत्वलाई हलभित्रै समाप्त पारेको र हलको अभिमतलाई अस्वीकार गरेको आरोप पनि लगाएका छन् । उनले गठबन्धन बनाउने, भत्काउने र फेरि बनाउने क्रिपाकलापले पार्टीलाई भएको वैचारिक र व्यावहारिक लाभ–हानिको मूल्यांकन गर्नुपर्ने माग गरेका छन् ।

    ‘अहिलेको उथलपुथलले संघ र सबै प्रदेशका सरकारबाट बाहिरिनुपर्ने अवस्था किन आयो र यसको जिम्मेवार को ?’ उनको प्रश्न थियो । उनले ‘संसदमा प्रभावकारी प्रतिपक्षको भूमिका खेल्दै २०८४ सम्म सरकारमा नजाने घोषणा गर्नुपर्ने’ माग गरेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश । 

    सरकारद्धारा आ.व. २०८३.०८४ को लागी नीति तथा कार्यक्रम प्रस्तुत

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका…

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना