Close Menu
    What's Hot

    सेफ सन्तोष शाह र नारायण शाह पक्राउ ।

    फिफा विश्वकप–२०२६ मा आज बिहान भएको क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाको खेल १-१ को बराबरीमा सकियो।

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ३० जेष्ठ २०८३, शनिबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ३० जेष्ठ २०८३, शनिबार

    कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

    May 21, 20241 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, ८ जेठ – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोली सिरोहियालाई पक्राउ गर्न थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको मुख्यालयमा सादा पोसाकमा पुगेको थियो । उनलाई मंगलबार नै धनुषाको जनकपुर लैजाने तयारी प्रहरीको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रविन्द्र रेग्मी, डीएसपी अनिल घिमिरे लगायत सिरोहियाको कार्यकक्षमा पुगेका हुन् । सिरोहियाविरुद्ध मंगलबार बिहान धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

    सिरोहियाको नागरिकताबारेको विवादमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गराइएको बताएका छन् । उनले आजै आफूविरुद्धको पक्राउ पुर्जी पूर्वाग्रहपूर्ण र मिडियामाथिको हस्तक्षेप भन्दै सर्वोच्चमा रिट दिएका थिए ।

    पक्राउ पुर्जी जारी भएको समाचारपछि सिरोहियालाई भेट्न नेपाली कांग्रेसका सांसदहरू कान्तिपुरको कार्यालयमा पुगेका थिए । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि कांग्रेस सांसद बद्रि पाण्डेले सिरोहियालाई प्रतिशोधपूर्ण रुपमा पक्राउ गर्न खोजिए पार्टीले नसहने बताएका थिए ।

    त्यस्तै, पक्राउ पुर्जी जारी भएको खबरलगत्तै प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ ले पनि अहिले तत्काल त्यस्तो नगर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउन थप्यो एक महिना समय ।

    विपक्षहरुको नयाँ विरोधको शैलीमा सभामुख असन्तुष्ट ।

     सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने, आजै शपथ लिने सम्भावना ।

    नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत भएपछि पुरानो सांगठनिक संरचना अनुसार कायम रहेका सचिवका दरबन्दीलाई समायोजन गरी सचिवको जिम्मेवारी हेरफेर ।

    १५ मिनेटलाई स्थगित भएको प्रतिनिधि सभा सूचना टाँसेर भोली दिउसो १ः०० बजेको लागी बोलाइयो ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss
    Uncategorized

    सेफ सन्तोष शाह र नारायण शाह पक्राउ ।

    सेफ सन्तोष शाह र नारायण शाह पक्राउ । २०८३ जेठ ३०, शनिबार । शकुन्तला अधिकारी…

    फिफा विश्वकप–२०२६ मा आज बिहान भएको क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाको खेल १-१ को बराबरीमा सकियो।

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    तीन देशको संयुक्त आयोजनामा शुरु भएको विश्वकप उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकामाथी २–० को सहज जित।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना