सेयर बजारका खेलाडी दिपेन्द्र अग्रवाल पक्राउ ।
२०८२ साउन ०६, मंगलबार ।
सेयर बजारका चर्चित लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अग्रवाललाई टोखाबाट पक्राउ गरेको प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिनुभयो । अग्रवालमाथि ठगी तथा विश्वासघात कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरी परिसर काठमाडौँलाई तीन दिनको म्याद दिएको छ । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार अग्रवालले कुनै कम्पनीको सेयर दिलाइदिने प्रलोभनमा पारेर पीडितसँग रकम ठगेको उजुरी परेको छ । अग्रवालविरुद्ध प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ३० असारमा पक्राउ पुर्जी जारी भएको थियो । यही प्रकरणमा अग्रवालसहित अन्य दुई जना पनि संलग्न पाइएकाले उनीहरूविरुद्ध समेत पक्राउ पुर्जी जारी गरी खोजी कार्य तीव्र पारिएको छ । अग्रवालमाथि लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई समेत ठगी भनी नेपाल धितोपत्र बोर्ड (नेप्से) मा उजुरी परी छानबिन भइरहेको छ । नेपालको सेयर बजारमा ठुला लगानीकर्ताका रूपमा चर्चित अग्रवालले अनधिकृत रूपमा १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) खाता चलाउने गरेको, विभिन्न व्यक्तिका नाममा रहेका टिएमएस कारोबार खाता अनधिकृत रूपमा चलाउने गरेको आरोप लाग्दै आएको छ । अग्रवालमाथि निश्चित कम्पनीको सेयर मूल्य अनपेक्षित रूपमा बढाउने र सामाजिक सञ्जालबाट अफवाह फै लाएर लगानीकर्ता झुक्याउने गरेको आरोप छ । अग्रवाल र धितोपत्र ब्रोकरबिच लेनदेनका विषयमा विगतमा विवाद हुने गरेको थियो । अग्रवालमाथि अनधिकृत खाता सञ्चालन गरी से यर बिक्री गरेको रकम लिने तर भुक्तानी नदिने गरेको गुनासो आउने गरेको छ । गोरखापत्र दैनिक
सेयर बजारका खेलाडी दिपेन्द्र अग्रवाल पक्राउ ।
2 Mins Read

