Close Menu
    What's Hot

    हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको सम्बोधन ।

    सहिद र घाइतेका परिवारलाई आजसम्म किन सम्बोधन हुन नसकेको भन्दै संसदमा प्रश्न ।

    शिक्षा मन्त्रालयले बाढीबाट शिक्षा क्षेत्रको परेको असरको द्रुत सर्वेक्षण गरी बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति योजना घोषणा ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २६ भाद्र २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २६ भाद्र २०८३, शुक्रबार

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच भयो भेटवार्ता भएन कुनै सम्झौता ।

    August 17, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८२ भाद्र १, आइतबार ।


    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच भएको साढे तीन घण्टा लामो शिखर वार्ता सम्झौतामा नपुगी समाप्त भएको छ । उहाँहरूबिच शनिबार बिहान ३ बजेसम्म अमेरिकाको अलास्का राज्यमा शिखर वार्ता भएको थियो । अमेरिकी टेलिभिजन संस्था सिएनएनका अनुसार सम्झौतामा नपुगे पनि सम्पन्न शिखर वार्तालाई ट्रम्पले फलदायी भएको बताउनुभयो तर रुस–युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने हासिल हुन सकेन । वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्प र पुटिनले केही महत्वपूर्ण विषयमा सहमति भएको जनाए पनि युद्धविराम
    वा अन्तिम समाधानसम्बन्धी ठोस निर्णयबारे केही बताउनुभएन । राष्ट्रपति पुटिनले वार्तालाई आपसी सम्मान र रचनात्मक वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै युक्रेनको सुरक्षा सुनिश्चित गर्नु
    आवश्यक रहेको धारणा राख्नुभयो । साथै उहाँले द्वन्द्वका ‘मूल कारणहरू’ समाधान नगरी स्थायी शान्ति सम्भव नहुने भन्दै युरोपेली मुलुकहरूलाई उक्साउने प्रयास नगर्न आग्रह गर्नुभयो । यद्यपि दुवै नेताले संवाद र समझदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ, प्रारम्भिक चरणको यो वार्ता ठोस उपलब्धि बिना टुङ्गिएको छ । यसैबिच ट्रम्पले पुटिनसँग शिखर वार्ता गरेपछि युक्रेन युद्धविरामसम्बन्धी अन्तिम निर्णय युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको हातमा रहेको बताउनुभएको छ । फक्स न्युजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू, पुटिन र जेलेन्स्की बिच चाँडै एक संयुक्त बैठक हुने जानकारी दिनुभयो । यद्यपि बैठकको मिति र स्थानबारे विस्तृत विवरण दिनुभएको छैन । “हामीसँग यसलाई पूरा गर्ने राम्रो सम्भावना छ,” ट्रम्पले भन्नुभयो ।

    उहाँले युरोपेली मुलुकहरूलाई पनि अलिकति संलग्न हुनुपर्ने उल्लेख गर्दै तर अन्ततः यो जिम्मेवारी जेलेन्स्कीको रहेको बताउनुभयो । सन् २०२१ पछि दुई राष्ट्रपतिबिच भएको पहिलो प्रत्यक्ष भेटवार्ता थियो । रुस र युक्रेनबिच सन् २०२२ को फेब्रुअरी २४ देखि युद्ध जारी छ । यो युद्धले दुवैतर्फका हजारौँ सैनिक र गैरसैनिकको ज्यान लिएको छ । अलास्का शिखर वार्तामा युद्धरत युक्रेन भने सहभागिता थिएन । स्रोत ः गोरखापत्र दैनिक

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    थाइल्यान्ड र कम्बोडियाबिच युद्ध सुरु बाह्र जना थाई नागरिक मारिए । 

    अब ग्रीनकार्डधारीहरू पनि अमेरिकामा असुरक्षित ।

    अमेरीकाको प्रस्ताबमा युक्रेन ३० दिन युद्धविराम गर्न तयार ।

    युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरीकी राष्ट्रपति बिचको छलफल सौहाद्रपूर्ण हुन सकेन ।

    बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त

    आज चिनियाँ उपविदेशमन्त्री आउनुहुँदै

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss

    हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको सम्बोधन ।

    हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको सम्बोधन । २०८३ भाद्र २५, बिहिबार…

    सहिद र घाइतेका परिवारलाई आजसम्म किन सम्बोधन हुन नसकेको भन्दै संसदमा प्रश्न ।

    शिक्षा मन्त्रालयले बाढीबाट शिक्षा क्षेत्रको परेको असरको द्रुत सर्वेक्षण गरी बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति योजना घोषणा ।

    सरकारले भोटेकोशीको बाढीको कारण हराइरहेका मानिसहरुको खोजीकार्यका लागी आधुनिक विशेष उपकरण प्रयोग गर्ने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना