थाइल्यान्ड र कम्बोडियाबिच युद्ध सुरु
बाह्र जना थाई नागरिक मारिए
२०८२ साउन ०९, शुक्रबार ।
साउन ८ गते दक्षिणपूर्वी एसियाली मुलुक थाइल्यान्ड र कम्बोडियाबिच युद्ध सुरु भएको छ । कम्बोडियाली सेनाको आव्रmमणमा १२ जना थाई नागरिक मारिएपछि थाइल्यान्डको सेनाले कम्बोडियामा हवाई आव्रmमण गरेको बिबिसीले जनाएको छ । रोयटर्सका अनुसार सीमा क्षेत्रमा बिहीबार बिहान दुई देशका सेनाबिच गोली हानाहान भएपछि दुवै देशले एकअर्कामाथि हवाई आव्रmमण थालेका हुन् । दुवै देशले एकले अर्कोलाई हमला सुरुवात गरेको आरोप लगाएका छन् । सीमा क्षेत्रमा तनावपछि कम्बोडियाले थाइल्यान्डमा दुई वटा रकेट प्रहार गरेको थियो । त्यसपछि थाइल्यान्डले एफ–१६ लडाकु विमानले कम्बोडियाको सैन्य अखडामा बम प्रहार गरेको छ । तनावपछि सुरिन प्रान्तको काब चोइङ गाउँमा ३० देखि ४० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । त्यस्तै थाइल्यान्डले सीमा क्षेत्रका
पाँच सयभन्दा बढी विद्यालय बन्द गरेको छ । साथै थाइल्यान्डले कम्बोडियासँगको सबै सीमानाका बन्द गरेको छ । थाइल्यान्ड र कम्बोडियाबिचको सीमा विवाद पुरानो हो । दुबैबिच ८१७ किलोमिटर लामो सीमा छ । Source: गोरखापत्र राष्ट्रिय दैनिक

