Close Menu
    What's Hot

    हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको सम्बोधन ।

    सहिद र घाइतेका परिवारलाई आजसम्म किन सम्बोधन हुन नसकेको भन्दै संसदमा प्रश्न ।

    शिक्षा मन्त्रालयले बाढीबाट शिक्षा क्षेत्रको परेको असरको द्रुत सर्वेक्षण गरी बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति योजना घोषणा ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २६ भाद्र २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २६ भाद्र २०८३, शुक्रबार

    युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरीकी राष्ट्रपति बिचको छलफल सौहाद्रपूर्ण हुन सकेन ।

    March 1, 20254 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    १७ फाल्गुन २०८१ ।

    President Donald Trump meets with Ukraine President Volodymyr Zelenskyy in the Oval Office at the White House in Washington, Friday, Feb. 28, 2025. (AP Photo/Mstyslav Chernov)
    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकासँग बढ्दो मतभेद अन्त्य गरी सम्बन्ध सुधार गर्ने योजनासहित वासिङ्टन भ्रमणमा रहेका युक्रेनी शुक्रबार अमेरिकी राष्ट्रपतिलाई भेट्न ह्वाइट हाउस पुगेका थिए। तर ह्वाइट हाउसमा भएको छलफलपछि दुई देशबीचको सम्बन्ध सुमधुर हुन नसकेको बताइएको छ । ह्वाइट हाउसको उक्त छलफलमा राष्ट्रपति ट्रम्प र उपराष्ट्पति जेडी भान्ससँग त्यती राम्रो कुराकानी हुन नसकेको हो । रूसले युक्रेनमाथि गरेको आक्रमण र त्यसलाई रोक्न गरेको प्रयास सरहानीय रहेको भन्दै उपराष्ट्रपति भान्सले त्यसका निम्ति जेलेन्स्कीले धन्यवाद भन्नुपर्ने बताएका थिए।

    द्वीपक्षीय छलफलको भिडिओ विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्। छलफलका क्रममा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति भान्सले विभिन्न आरोप लगाएपछि जेलेन्स्कीमा असह्यभाव प्रकट भएको भिडिओमा देखिन्छ। उनले ट्रम्प र भान्स दुवैलाई जबाफ फर्काएका थिए। आफूलाई सर्वश्रेष्ठ नेता दाबी गर्ने ट्रम्प जेलेन्स्कीले प्रत्येक सवालको जबाफ दिँदा थप क्रोधित देखिन्थे। उनले पटकपटक जेलेन्स्कीलाई ‘ठूलो स्वरमा नबोल्न’ भनेका थिए।

    दुई राष्ट्रप्रमुखहरूबीचको चर्काचर्कीपछि संयुक्त पत्रकार सम्मेलन पनि स्थगित गरिएको थियो। पत्रकार सम्मेलन स्थगित हुने भनिएपछि ओभलमा उपस्थित पत्रकारहरू ह्वाइट हाउसबाट बाहिरिए। त्यसपछि अमेरिकी अधिकारीहरूले जेलेन्स्की र युक्रेनी अधिकारीहरूलाई ह्वाइट हाउस छाड्न निर्देशन दिएको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले जनाएको छ। ह्वाइट हाउस छाड्न भनेपछि जेलेन्स्की निराश मुद्रामा ओभल अफिसबाट बाहिरिएको भनेर न्युयोर्क टाइम्सले लेखेको छ। त्यसपछि ह्वाइट हाउसबाहिर पर्खिरहेको गाडी चढेर जेलेन्स्की बाहिरिएका थिए।

    ह्वाइट हाउसबाट बाहिरिएपछि जेलेन्स्कीले एक्समा लेख्दै ट्रम्प र अमेरिकालाई धन्यवाद भनेका छन्। ‘तपाईंहरूको सहयोगका लागि धन्यवाद अमेरिका। युक्रेनलाई न्यायपूर्ण र दिगो शान्ति चाहिन्छ, र हामी त्यसैको लागि काम गरिरहेका छौं,’ उनले लेखेका छन्। ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा खनिज सम्झौतामा हस्ताक्षर हुने भनिएको थियो। सम्झौताका लागि यसअघि अमेरिकी वित्तमन्त्री स्कट बेसेन्ट र युक्रेनी सहमति गरेका थिए।

    सम्झौतामा रहेका अन्यायपूर्ण प्रस्तावहरू रहेको र युक्रेनको सुरक्षा ज्ञारेन्टी पनि नगरिएको भनेर जेलेन्स्कीले दुई पटकसम्म सम्झौता अस्वीकार गरेका थिए। ट्रम्पले तेस्रो मस्यौदा पठाएपछि जेलेन्स्की राजी भएका थिए। ट्रम्पले लगाएको आरोप रूसीहरूले नियतवश गर्ने दुष्प्रचार नै भएकाले जेलेन्स्कीको टिप्पणी ठीकै हो। तर पनि देश जोगाउन ट्रम्पप्रति त्यत्रो निर्भरता रहेको बेला जेलेन्स्कीले त्यस्तरी जबाफ फर्काउन हुँदैन थियो भनेर जेलेन्स्कीकै अधिकारीहरूलाई पनि लागेको मिडियाहरूले लेखेका छन्। खासमा जेलेन्स्की पनि ट्रम्प जस्तै झडङ्ग रिसाउने स्वाभावका भएकाले ट्रम्पको झुट सुनेर उनले आवेशमा त्यस्तो प्रतिक्रिया जनाएको मानिन्छ। ट्रम्पले युक्रेनसँगको खनिज सम्झौतापछि अमेरिकाले ५०० अर्ब डलर पाउने भनेका थिए। यद्यपि मस्यौदामा अमेरिकाले कति पैसा पाउँछ भन्ने उल्लेख नभएको सार्वजनिक भएको थियो।

    जेलेन्स्की सन् २०१९ मा राष्ट्रपति बनेका हुन् उनी राष्ट्रपति बन्नु भन्दा पाँच वर्ष अघि नै सन् २०१४ मा रसियाले क्रिमिया कब्जा गरेको थियो । डोनबासमा सेना पठाएर पूर्वी क्षेत्र कब्जा गरेको थियो । जेलेन्स्की निर्वाचित भएपछिको युद्ध होइन यो । बरु उनले रसियासित युद्धविराम गरेका थिए । आफ्नो भूभाग कब्जा गरेर बसेको छिमेकीसँग मेलमिलाप गर्ने भन्ने सुझाव दिन मात्रै सजिलो हो ।
    उनी निर्वाचित हुँदै गर्दा देशभर राष्ट्रिय अखण्डता र सुरक्षाका लागि मान्छे चिन्तित थिए । रसिया युक्रेनी जमीन कब्जा गरेर बसेको थियो र थप भूभागमाथि आक्रमण गर्ने ठूलो भय थियो । युक्रेन देश नै होइन भन्ने शक्तिशाली छिमेकीले जतिसुकै बेला निल्न सक्ने त्रास थियो । गुम्न बाँकी भाग जोगाउनका लागि पनि कसैको शरण पर्नुपर्ने बाध्यता उसलाई थियो । नेटोको सदस्यतालाई युक्रेनले एकमात्र सुरक्षाकवच देखेको थियो । उनी राष्ट्रपति बन्दा त संविधानमैं नेटोमा जाने प्रस्तावना थियो । अरूले जस्तै उनले पनि कोसिस गरे । रसियाको माग अनुसार निःशस्त्र बन्ने, सेना विघटन गर्ने र तटस्थ बस्ने उपाय थियो । सेना र शस्त्र हुँदा त रसियाले भूभाग कब्जा गरेको थियो, निःशस्त्र हुँदा राष्ट्रिय सुरक्षाको हाल के हुन्थ्यो होला ? हिजो सुरक्षाको जिम्मा लिएका अमेरिका र रसियाले आज केकस्तो व्यवहार देखाएका छन्, हेर्नुभएकै छ ? रसियाको अर्को माग भनेको नेटोसँग जोडिएको थियो । नेटोको सदस्यता लिइसकेका पूर्वी देशले सदस्यता त्याग्नुपर्ने माग मुख्य थियो । जुन युक्रेन आफैले कोसिस गर्दा पनि सदस्य बन्न नसकेको युक्रेनले पूरा गर्न सक्दैनथ्यो । जेलेन्स्कीले गर्नपर्ने के थियो त ? रसियासँग के गर्नुपर्थ्यो ? कि बुझाउने कि डिफेंड गर्ने, यत्ति होइन र ?
    उनी पहिलो दिन नै या त भाग्छन् या मारिन्छन् भन्ने थियो । भागेको भए युक्रेन रहन्नथ्यो भन्ने त सबैलाई लागेकै छ । देशको लागि लग्जरियस लाइफ छोडेर, ज्यानको बाजी राखेर उनी लड़े । एउटा राष्ट्रपतिले गर्ने त्यही होइन र ? टाउको माथि बम खस्दै गर्दा उनले भिडियोमैँ आएर युद्धको प्रतिरोध गर्दै थिए ।अमेरीकाले खनिज र मिनरल कब्जा गर्न चाहन्छ ।
    उनको कारुणिक अनुहार पढ्नुभयो भने, आम युक्रेनी नागरिकलाई सोध्नुभयो भने एउटा मात्रै चिन्ता देख्न सकिन्छ । त्यो हो राष्ट्रिय सुरक्षा । देश बच्छ भने अरू जे पनि सहन तैयार देखिन्छन् ती । भोलि फेरि आक्रमण नहुने र देश बच्ने ग्यारेन्टी भए युक्रेनलाई पुग्छ । त्यही हारगुहार गर्दै जेलेन्स्कीले अमेरिका भ्रमण गरेका थिए जो सोचेअनुसार भएको छैन । जेलेन्स्कीले युक्रेनमा जे जति मिनरल छ, लैजाऊ तर सुरक्षाको ग्यारेन्टी देऊ, भनेको यत्ति हो । ट्रम्पले अमेरिकाको अपमान गर्यो भनेको यसैलाई हो , देश बच्ने ग्यारेन्टी नै नभए मिनरल किन दिन पर्यो र ? भविष्यमा युक्रेनको भविष्य के हुन्छ अन्योल नै छ तर युक्रेनी राष्टपतिले आफ्नो राष्ट्र बचाउनको लागि गरेको प्रयास सराहनीय नै छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच भयो भेटवार्ता भएन कुनै सम्झौता ।

    थाइल्यान्ड र कम्बोडियाबिच युद्ध सुरु बाह्र जना थाई नागरिक मारिए । 

    अब ग्रीनकार्डधारीहरू पनि अमेरिकामा असुरक्षित ।

    अमेरीकाको प्रस्ताबमा युक्रेन ३० दिन युद्धविराम गर्न तयार ।

    बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त

    आज चिनियाँ उपविदेशमन्त्री आउनुहुँदै

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss

    हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको सम्बोधन ।

    हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको सम्बोधन । २०८३ भाद्र २५, बिहिबार…

    सहिद र घाइतेका परिवारलाई आजसम्म किन सम्बोधन हुन नसकेको भन्दै संसदमा प्रश्न ।

    शिक्षा मन्त्रालयले बाढीबाट शिक्षा क्षेत्रको परेको असरको द्रुत सर्वेक्षण गरी बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति योजना घोषणा ।

    सरकारले भोटेकोशीको बाढीको कारण हराइरहेका मानिसहरुको खोजीकार्यका लागी आधुनिक विशेष उपकरण प्रयोग गर्ने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना