२०८२ असार २७, शुक्रबार ।
लगभग ६ महिना पछि आज बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा एउटा मात्रै प्रस्ताव पारित गरेर सकिएको छ । बैठक सुरु हुनासाथ मेयर बालेन्द्र शाहले आजको बैठकमा एक मात्र प्रस्ताव पेस गर्ने सहमती भए सँगै सबैले सहमती जनाए र अन्य केही विषय नभएको भन्दै मेयर शाहले बैठक सकिएको घोषणा गरे । एजेन्डामा २४ वटा भए पनि आज एउटा मात्रै राख्ने कुरा भएको छ । प्रस्ताव नम्बर एकमा रहेको काठमाडौं महानगरपालिकाको १७ औं नगर सभा अधिवेशन मिति तोक्ने सन्दर्भमा मिति २९ गते दिउँसो २ बजे नगरसभा र बिहान ९ बजे कार्यपालिका बस्ने प्रस्ताव पेस गर्न चाहन्छु, सभा गृहमा । आजै काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ मा २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ । राजश्व परामर्श समितिको बैठकले सो सीमा निर्धारण गरेको हो ।
काठमाण्डौ महानगरपालिकाको कार्यपालिका बैठकले मिति असार २९ गते दिउँसो २ बजे नगरसभाका लागी मिति तोकेरे सक्यो ।
1 Min Read


