२९ जेठ, काठमाडौं ।
आज भारतको गुजरात राज्यको अहमदाबादमा एयर इन्डियाको जहाजले टेक अफ गरेको दुइ मिनटमै दुर्घटनामा परेको छ । उक्त जहाजले गुजरात राज्यको अहमदाबादस्थित सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो १ः३८ बजे बेलायतका लागि उडान भरेको थियो। उक्त दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा जहाजमा २ जना पाइलट, क्याबिन क्रूका १० सदस्य,५२ जना बेलायती नागरिक, एक जना क्यानडेली नागरिक, ६ जना पोर्चुगलका नागरिक सहित २४२ जना यात्रु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उडिरहेको जहाज घरमाथी खसेर ठोक्किएको थियो ।

