२६ चैत्र २०८१ ।
भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले १५ चैतमा राजावादीको आन्दोलनमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका दुई युवालाई आर्थिक सहयोग गर्ने वचन दिए अनुसार आज उनीहरुको परिवारलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन् । पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख आर्थिक सहयोग गरेका छन ।
साथै सविन महर्जनकी श्रीमतीलाई उहाँको दक्षता अनुसार कहाँ ठिक हुन्छ उपयुक्त स्थान हेरेर भाटभटेनीमा रोजगारी दिने जानकारी पनि गर्नुभयो।

