१९ चैत्र २०८१ काठमाण्डौ ।
राप्रपाका ७६ वर्षिय वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो । उहाँ रुपन्देही क्षेत्र नम्बर(३ बाट निर्वाचित सांसद हुन् । सांसद दीपक बोहराको शव सेनाको हेलिकप्टरबाट भैरहवा लगिँदैछ । श्रद्धाञ्जलीका लागि आज दिनभरि उनको शव रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने बोहराका स्वकीय सचिव तारामणि चन्दले जानकारी दिए । भोलि (बुधबार) बिहान काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय ल्याइने चन्दले बताए । उनका अनुसार दिनभरि पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिनेछ। पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा संक्रमित भएका थिए ।
आज निधन भएका सांसद दीपक बोहराको शव हेलिकप्टरबाट भैरहवा लगिंदै ।
1 Min Read

