Close Menu
    What's Hot

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार

    ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी

    July 21, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, ६ साउन  – ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

    उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गर्नुभएको छ । उक्त अवसरमा अस्पतालका निर्देशक प्रा. डा. रामनन्दन पी. चौधरीको विशेष उपस्थिति रहेको थियो ।

    यस सम्झौता अनुसार, अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एव्म बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई औषधी उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेेछ ।

    अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरुः डायगोनेस्टिक, ओ.पी.डी लगायतका सेवाहरु साथ–साथ आकस्मिक सेवाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

    “यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकहरुले गुणस्तरीय स्वास्थ्य सेवा सुबिधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाउँदा खुसी छौँ” इशान अस्पतालका निर्देशक प्रोे.डा. रामनन्दन पि. चौधरीले भन्नुभयो । चौधरीले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पार्नुभयो ।

    यसैगरी, ग्लोबल आइएमई बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेलले, “इशान अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाको प्रयोगकर्ता वृद्वि हुने” विश्वास बैंकले लिएको जानकारी दिनुभयो ।

    ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका विभिन्न समयसान्दर्भिक साझेदारी योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ । यसैगरि, ‘सबैका लागि बैंक’ को नारालाई सार्थक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी प्रत्यक्षरुपमा लाभान्वित गरिरहेको छ ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश । 

    सरकारद्धारा आ.व. २०८३.०८४ को लागी नीति तथा कार्यक्रम प्रस्तुत

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका…

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना