Close Menu
    What's Hot

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार

    यी हुन् ओली नेतृत्वको सरकारका पहिलो बैठकका निर्णयहरु

    July 16, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, १ साउन – सरकारले बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरूलाई दश लाखको दरले राहत उपलब्ध गराउने भएको छ । सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

    बैठकले विपदमा परी १० दिनसम्म बेपत्ता भएकाहरूलाई पनि मृतक सरहनै राहत उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि सो व्यवस्था नभएकाले मन्त्रिपरिषद् बैठकले सो निर्णय पनि गरेको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

    त्यसैगरी बैठकले विपद्मा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना पनि व्यक्त गरेको छ । मन्त्री परिषद् बैठकले परिवर्तित सन्दर्भमा मन्त्री परिषद् र मन्त्रिपरिषद्का विभिन्न समितिहरूमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय पनि गरेको छ ।

    त्यसैगरी संवत् २०८२ साल असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त गराउने, कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप फ्ल्ड लाईट जडान र प्याराफिट निर्माणको कार्य ३ सय दिन भित्र सम्पन्न गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेका प्रवक्ता गुरुङले बताए ।

    उनले भने, ‘नेपालमा लोकतन्त्र स्थापना गर्नका लागि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात, अज्ञात शहीदहरूप्रति भावपूर्ण सम्मान एवम हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने । हालैको बाढी पहिरोमा परी ज्यान गुमाउने मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने, पीडित परिवार प्रति समवेदना व्यक्त गर्ने । घाइते हुनेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने । हालैको बाढी, पहिरो एवं प्राकृतिक प्रकोपमा मृत्यु हुने मृतकका परिवारलाई राहत उपलब्ध गराउने ।

    संवत् २०८२ साल असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त गराउने । कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप फ्लड लाईट जडान र प्याराफिट निर्माणको कार्य ३ सय दिन भित्र सम्पन्न गर्ने । नेपाल सरकारको प्रवक्तामा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई नियुक्त गर्ने ।

    परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का विभिन्न समितिहरूमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने । विपद्का कारण बेपत्ता भई घटना भएको १० दिनसम्म पनि फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने । यो नयाँ निर्णय हो । मान्छे बेपत्ता हुन्छ, हराउँछ । त्यसको कुनै व्यवस्था रहेनछ ।

    यस पटक यो व्यवस्था गरिएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित परिवारलाई दोस्रो र तेस्रो किस्ता बापतको रकम उपलब्ध गराउने । यो अहिलेसम्म समस्यामा छ ।’

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश । 

    सरकारद्धारा आ.व. २०८३.०८४ को लागी नीति तथा कार्यक्रम प्रस्तुत

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका…

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना