Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ११ कार्तिक २०८३, मंगलवार

    सामाजिक सुरक्षा भत्ताका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य

    June 14, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, ३२ जेष्ठ – सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ ।

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले पहिलो चरणमा २८ जिल्लामा आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको बताउनुभयो । अहिले विभागबाट ती जिल्लामा विवरण दर्ताका लागि जनशक्तिसमेत थप गरेर स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पालिका/वडास्तरमा अभियान सञ्चालन गरी विवरण दर्ता भइरहेको उनले बताए ।

    पहिलो चरणमा राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएका जिल्लामा झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौँ, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिरहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँ रहेका छन् । विभागले विगत चार वर्षदेखि ७३ जिल्लाका स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन गरिरहेको छ । हाल सबै जिल्ला प्रशासन कार्यालय, ५४ इलाका प्रशासन कार्यालय तथा विभिन्न जिल्लाका स्थानीय तहमार्फत विवरण सङ्कलनसमेत भइरहेको छ ।

    सामाजिक सुरक्षा भत्ता नवीकरण २०८१ भदौ मसान्तसम्म गर्न सकिने भएकाले परिचयपत्रमा विवरण दर्ता नगरेका व्यक्तिले आफ्नो वडा कार्यालयसँग सम्पर्क गरी अभियानको समयमा वा आफ्नो समय अनुकूल नजिकको जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गर्न विभागले अनुरोध गरेको छ । विभागले बुधबार सूचना जारी गर्दै बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्रमा विवरण दर्ता नभए पनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने जानकारी गराएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    आज विजया दशमीको दिन, टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापाले गरे पदभार ग्रहण ।

    नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझिया, सप्तरीमा सशस्त्र प्रहरी जवान आधारभूत तालिम पूरा गरेका सशस्त्र प्रहरी जवान दीक्षित ।

    ७१ औँ प्रहरी दिवसका अवसरमा बाँके प्रहरी प्रमुख अंगुर जीसीले पाए पूर्णशान्ति पुरस्कार ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना