धनुषा, ९ जेठ – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । बुधबार अदालतमा पेश भएका सिरोहियालाई तीन दिनको म्याद थप गर्न अनुमति दिएको हो ।

नागरिकतासम्बन्धी मुद्दामा मंगलबार साँझ काठमाडौँको कार्यालयबाटै पक्राउ गरेर धनुषा ल्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो ।


