Close Menu
    What's Hot

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार

    आर्थिक–सामाजिक रूपान्तरणमा जाेड, तत्काल ‘वामपन्थी एकता’ व्यवहारिक र लाभदायी नहुने नेकपा एमालेको निष्कर्ष

    April 21, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, ९ बैशाख – नेकपा एमालेले जनचाहाना अनुरूप समाजवादउन्मूख आर्थिक–सामाजिक रूपान्तरणका लागि १३ बुँदे प्राथमिकता निर्धारण गरेको छ । एमालेले राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहितका ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने संकल्प गर्दै त्यसका लागि १३ बूँदे नीतिगत प्राथमिकता निर्धारण गरेको हो ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अघि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुवीकरण व्यवहारिक र लाभदायी नहुने निष्कर्ष निकालेका छन् । सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू समाजवादी मोर्चामार्फत वामपन्थी एकताको गृहकार्यमा लागेका वेला सत्ता साझेदार दलको नेतृत्व गरेको एमालेले भने तत्काल वामपन्थी एकता सम्भव नहुने निष्कर्ष निकालेको हो ।

    शनिबारबाट सुरु भएको सो पार्टीको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिनुपर्ने पहिलो प्राथमिकतामा राखेको छ ।

    त्यसैगरी वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न गठित आयोगहरूका सुझावलाई  क्रमशः कार्यान्वयनमा लैजानुपर्ने र सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्नुपर्ने पनि बताएको छ । सार्वजनिक सेवा प्रवाहमा सुधार, सुशासन प्रवद्र्धन गर्न व्यावसायिक वातावरण निर्माण, असान्दर्भिक नीति तथा कानुनमा परिमार्जनमा पनि एमालेले जोड दिएको छ ।

    सङ्घीयता कार्यान्वयनका समस्या समाधान गर्दै राज्यका निकायबिच अन्तर–समन्वय कायम, सार्वजनिक पदमा रहेका सबै भ्रष्ट, सबै निकम्मा’को रूपमा व्याप्त भावनालाई बदल्न सक्नुपर्ने, प्रशासन, न्यायालय र सम्बद्ध नियामक निकायहरूमा जबाफदेहिता सुनिश्चित गर्ने, राज्यप्रतिको भरोसा जगाउने र स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन एमालेले आफ्नो नीति रहेको जनाएको छ ।

    विकाससम्बन्धी आयोजनाहरू नीति, कार्यक्रम तथा बजेटमा पर्ने तर वर्षौसम्म कार्यान्वयन नहुने अवस्थाको अन्त्य गर्ने, विद्युत उत्पादन विस्तारमार्फत आर्थिक वृद्धिदर बढाउने, औद्योगीकरणमा टेवा पुर्‍याउने र नवीकरणीय ऊर्जाको प्रयोगमार्फत वातावरणमा सुधार ल्याउने, रोजगारीका अवसर सिर्जना गर्ने,भूमिमा किसानहरूको सहज पहुँच उपलब्ध गराउन भूमिको वैज्ञानिक व्यवस्थापन, लैङ्गिक समानता, सामाजिक समावेशिता र समानता प्रत्याभूत गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउन तत्काल कानुनी प्रबन्ध गर्ने पनि एमालेको प्राथमिकतामा रहेका छन् ।

    नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय हितको रक्षालाई केन्द्रबिन्दुमा राख्ने एमालेको १३ बुँदे प्राथमिकतामा रहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश । 

    सरकारद्धारा आ.व. २०८३.०८४ को लागी नीति तथा कार्यक्रम प्रस्तुत

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका…

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना